सहजै कोरोना रोग जिते सिचाइ कार्यलय अर्घाखाँची का प्रमुख बिस्नु भन्डारि

  सुर्य भुसाल
भाद्र ३१ सुपादेउराली अनलाइन अर्घाखाँची । सिचाइ डिभिजन कार्यलय अर्घाखाँची का कार्यलय प्रमुख बिस्णु प्रसाद भन्डारि कोरोना रोग सहजै जित्न सफल हुनु भएको छ ।भन्डारिले उच्च मनोबलका साथ कोरोना रोग जितेर सामान्य अबस्थामा फर्कनु भएको हो भन्डारि भन्नुहुन्छ सामान्य ज्वरो अाएको थियोे सङका लागेर पिसिअार चेक गराउदा पोजेटिभ देखियो तर रिपोर्ट अाउदा म लाई ज्वरो अाएको थिएन क्वाटरमा बसेर अाराम गरे तातोपानी खाए बेसार खाए गुर्जो खाए अनि राम्रोसँग अाराम गरे फेरि पिसिअार चेक गर्दा नेभेटिभ अायो कोरोना लागेपछि स्वास्थ्य मा समस्या त निकै हुदो रहेछ सामान्य अायुर्बेदिक अौषधि पनि प्रयोग गरे अहिले निको भएपछि कार्यलयको नियमित काममा फर्किएको भन्डारि बताउनु हुन्छ।
भन्डारिको कोरोना को पहिलो स्वाव श्रावण ३१ गते, दिएको थियोे भने त्यसको रिपोर्ट भाद्र ७ गते,अाउदा कोरोना पोजेटिभ अाएको थियोे स्वाव दिएको दिन देखि पछिल्लो रिपोर्ट नआउदासम्म २४ दिन होम आइसोलेसन,बसेर कार्यलयका काम गरेका भन्डारिको भाद्र २२ गते रिपोर्ट नेगेटिभ अाएको उहाँ बताउनु हुन्छ । भन्डारिको अनुभबमा कोरोना जित्नको लागि नियमित रुपमा गुर्जोको चिया, अश्वगन्धा, तातोपानी, तुलसी पानी, तुलसी चिया, नियमित दिनको २ पटक वाफ, तातोपानी, झोलिलो कुराहरु आदि सेवन गर्ने मनोवल उच्च राख्नु पर्ने, नियमित व्यायाम गर्ने गरेपछि कोरोना सहजै जितिने भन्डारिको अनुभव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार