मालारानि गाउपालिकामा अनलाइनद्वारा ब्यक्तिगत घटना दर्ता सुरु सबै वार्डमा छिटोछरितो काम हुने

 सुर्य भुसाल
असोज ०१ सुपादेउराली अनलाइन अर्घाखाँची। मालारानि गाउपालिका अर्घाखाँची ले गाउपालिका का सबै वार्ड हरुमा अनलाइन ब्यक्तिगत घटना दर्ता जन्म दर्ता मृत्युु दर्ता सम्बध बिक्षेत बसाइँ सराई जस्ता कार्य अनलाइन सिस्टम बाट सुरु गरेको मालारानि गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत बिस्नु घर्ती भनभनेलि ले जानकारी दिनु भयो । सेवालाई प्रबिधिमैत्रि छिटोछरितो बनाउने उदेश्यले गाउपालिकाले अनलाइन प्रबिधि अनुसार काम सुरु गरेको घर्तिको भनाइ छ ।सो अनलाइन प्रबिधि को वार्ड नम्बर १ बाट सुभारम्भ गर्दै वार्ड नम्बर १ का अध्यक्ष तथा नगरप्रबक्ता बालकृष्ण अाचर्यले सेवाबाट स्थानिय जन्ताले छिटोछरितो सेवा पाउने बताउनु भयो । वार्ड नम्बर १ का सचिब नारायण न्यौपानेले स्थानिय सक्षयम बिकको जन्म दर्ता गरि अनलाइन प्रबिधिको सुभारम्भ भऐको घोषणा गरिएको थियोे । अनलाइन प्रबिधि मालारानि गाउपालिका का सबै वार्डमा सुरु गरिने छ अनलाइन प्रबिधि को सहजिकरण गाउपालिका का पन्जिकरण शाखा प्रमुख धुर्ब राज खनालले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार