भारत तथा अन्य देश बाट आएका व्यक्ति सिधै १४ दिन होम क्वारेन्टाइन बस्नुपर्ने

टेकराज भुसाल
असोज ५ सुपादेउराली अनलाइन अर्घाखाँची । भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ को असोज ५ गते बसेको सर्वपक्षीय बैठकले भारत तथा अन्य मुलुक बाट आएका व्यक्ति सिधै १४ दिन हाेम क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेकाे छ। 

साेमबार भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षतामा बसेकाे सर्वपक्षीय बैठकले असाेज १ गते देखि लामो तथा छाेटाे दुरीका यातायातका साधनहरु सञ्चालनमा आउनुका साथै देशका विभिन्न पालिकाहरुले सामाजिक  दुरी कायम गरि बिद्यालयहरु सञ्चालन गर्ने तथा भारत तथा अन्य मुलुक बाट आएका व्यक्तिलाई सार्वजनिक क्वारेन्टाइनमा नबसी सिधै हाेम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेकाे भन्दै भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ले पनि भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरु सिधै १४ दिन अनिर्वाय रुपमा हाेम क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेकाे भुमिकास्थान २ का वडा सचिब गाैतम थापाले सुपादेउराली अनलाइनलाई जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार