एमसिसी संघीय संसद बाट पास गर्ने निर्णय नेपालको राष्ट्रियता,सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिका बिरुद्ध – प्रदेश सांसद जिसी

असोज ६ सुपादेउराली अनलाइन बुटवल । प्रदेश न ५ को छैटौं अधिवेशनको पच्चीसौ बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले एमसिसी संशोधन गरेर पनि लागु गर्न नहुने भन्दै नेकपा स्थाई समितिले परिमार्जन सहित संघीय संसद बाट पास गर्ने निर्णय नेपालको राष्ट्रियता,सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिका बिरुद्ध भएको बताउनु भएको छ।

एमसिसी इण्डोप्यासेफिक रणनीति आईपिएसको अंग हो भन्ने तथ्य विवादको सुरुवात मै अमेरिकी अधिकारी र नेपाल स्थित दूतावासले वक्तब्य दिएर स्पष्ट गरि सके पछि पनि नेपालका मुट्ठी भर बुद्धीजीवि,नेता वा अन्य कसैले एमसिसी इण्डोप्यासेफिक रणनीतिको अंग होइन,बिशुद्ध अनुदान हो भन्नु अमेरिका को नाङ्गो दलाली हो। विदेशी अनुदान लगानी गर्न नेपालको सर्बोच्च जननिर्वाचित निकाय बाट दुई तिहाईले पास गर्नुपर्छ? भन्ने प्रश्न गर्दै यती गम्भिर बिषयमा पनि सत्तापक्ष र प्रतिपक्ष समेत एक ठाउमा उभिनु जनमतको उपहास हो भन्दै ““धन देखेपछि सत्य चुप लाग्छ” भन्ने भनाईको यो गतिलो उदाहरण भएको बताउनुभयो।

त्यस्तै सांसद जिसीले कोभिड १९ नियन्त्रण, भ्रष्टाचार, कालोबजारी, नाफाखोरी आदी नियन्त्रणमा सरकारको भूमिका निराशाजनक रहेको बताउदै सार्वजनिक यातायात सरकारको निर्देशन अनुसार संचालन भएको छ कि छैन? अनुगमनमा विशेष ध्यान दिन समेत आग्रह गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार