स्वर्गीय हेमप्रसाद पुनकाे १४औं स्मृति दिवस सम्पन्न

असोज ०७ सुपादेउराली अनलाइन बुटवल । अखिल नेपाल युवक संघ र अखिल नेपाल जनजाति सम्मेलन जिल्ला समिति रुपन्देहिको संयुक्त अायाेजनामा हेमप्रसाद पुनकाे १४अाैं स्मृति दिवस सम्पन्न भएको छ। 

स्मृति दिवसमा मन्त्व राख्दै रूपन्देही व्यापार संघका पूर्व अध्यक्ष पदम श्रेष्ठ,अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्मा, जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक,राजमाे जिल्ला सचिव टान बहादुर केसी, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ अाचार्यले पुनको निधन ले पार्टी र क्रान्ति मा ठूलाे क्षति भएको र एउटा सहयाेद्दा कामरेड गुमाउनु पर्दा दुखि भएको बताउदै जन्म पछि मृत्यु वास्तविकता भए पनि सबैको सम्झना नहुने र जस्ले देश र समाजकाे लागि केही न केही याेगदान गरेका हुन्छ त्यसलाई मात्र जनताले सम्झने वक्ताहरूले बताएका थिए।

जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नारायण पुनकाे अध्यक्षता युवक संघका जिल्ला सयाेजक हरि याेगीकाे संचालन र ज्ञामुध्वज मल्लकाे स्वागत बाट अगाडि बढेको कार्यक्रममा स्वर्गीय पुनको तस्बिरमा अतिथिहरुले टीका लगाइ एक मिनेट माैनधारण समेत गरेका थिए।

स्वर्गीय पुनको अल्सरका कारण माेडल हस्पिटल काठमाडौंमा उपचारको क्रममा २०६३साल अशाेज ७ गते निधन भएको थियोे।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार