नेप्रविसंघ प्युठानका पुर्व अध्यक्ष सहित ३ दर्जन नेकपा र काङ्ग्रेसका नेता कार्यक्रता राष्ट्रिय जनमोर्चामा आवद्ध

असोज ०८ सुपादेउराली अनलाइन प्युठान । झिमरुक गाउँपालिका वडा न.७ तुषारामा आज भएको अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेलामा नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरी दर्जनौंको संख्यामा राष्ट्रिय जनमोर्चामा आवद्ध हुनुभएको छ ।

त्यसरी आवद्ध हुनुहुनेहरुमा नेप्रविसंघ प्युठान जिल्लाका पुर्व अध्यक्ष वसन्त के.सि. र तत्कालीन माओवादीको युवा मोर्चा वाइसीएलका तुषारा गाउँकमिटीका सदस्यहरु सहित ३ दर्जन नेता कार्यक्रताहरु हुनुहुन्छ । त्यसैगरी प्रवेश गर्नेमा पुर्व एमालेका सक्रिय नेता तेजबहादुर महतारा समेत हुनुहुन्छ । 
दुई तिहाईको सरकार भएर पनि देश र जनताको पक्षमा कुनै काम नगरेको, सरकार भ्रष्टाचारको अखडामा लिप्त भएको, एमसिसी जस्तो राष्ट्रघाती सम्झौता गर्न थालेको र स्थानीयतहको विकासमा राष्ट्रिय जनमोर्चालाई अवरोध गर्न निहुँ खोज्दै हिडेकोले ती पार्टीहरुको औचित्य समाप्त हुँदै गएकोले आफुहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको उहाँहरुले वताउनुभएको छ । आफुहरु कुनै स्वार्थ विना देश, जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा निरन्तर कामगरिरहेको एकमात्र पार्टी राष्ट्रिय जनमोर्चा भएको निष्कर्ष निकाली आफुहरु जनमोर्चामा आवद्ध भएको घोषणा गर्नुभएको हो ।

ती पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चामा आवद्ध हुनेहरुमा दिपक के.सि., कृष्णबहादुर के.सि., वसन्त के.सि., खगेश्वोर के.सि., त्रिभुवन के.सि., रमेश सुवेदी, मनोज कुवर, रामबहादुर के.सि., रमेश सुवेदी, वसन्ता वि.क., सुमित्रा वि.क., कालुराम सुवेदी, पदम कुवर, ओमनारायण वि.क., पवन वि.क., वसन्तबहादुर बस्नेत, लालबहादुर महतारा, भुवन जि.सि., कविराज एम.सि., विक्रम एम.सि., डोरबहादुर एम.सि., पुरनबहादुर एम.सि., कृष्णबहादुर जि.सि., विष्णबहादुर जि.सि. लगाएत हुनुहुन्छ । उहाँहरु ती पार्टीका विभिन्न मोर्चामा रहेर काम गरिरहनुभएका सक्रिय सदस्य हुनुहुन्थ्यो ।

भेलाले नारायण पोख्रेलको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल युवक संघ ७ न वडा समितिको चयन गरेको छ । समितीको उपाध्यक्षमा मनोज कुवर, सचिवमा वसन्तबहादुर के.सि., सहसचिवमा प्रेम सुनार र कोषाध्यक्षमा भुपेन्द्र जि.सि. रहनुभएको छ भने सदस्यहरुमा विष्नु गिरि, अशोक जि.सि., विष्णबहादुर जि.सि., रेकमबहादुर महतारा, रामबहादुर के.सि., त्रिभुवन के.सि., रमेश सुवेदी, उजिल वि.क., रमेश प्रसाईं, पितम्बर सुवेदी, कृष्णबहादुर जि.सि., सागर बस्नेत, बसन्तबहादुर बस्नेत, पदम कुवर, गोपाल थापा, प्रकाश पोख्रेल, डोरबहादुर एम.सि., दिपक के.सि., दिपक थापा, वसन्त रसायली, पुरनबहादुर महतारा र भरत रसाइली रहनुभएको छ ।
आज भएको प्रशिक्षणात्मक भेलामा राजमो जिल्ला सल्लाहकार विरवहादुर जि.सि., राजमो नेता ठाकुर गिरि, राजमो जिल्ला सदस्य तथा ५ न. अध्यक्ष टीका जि.सि., अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जि.सि., अनेशिसंघका जिल्ला सदस्य शंकर बस्नेत, समता समाजका जिल्ला सदस्य रेकम सुनार, राजमोका स्थानीय नेता खिमबहादुर बस्नेत, इमानसिं भण्डारी, कृष्णबहादुर सुनार, पुर्णबहादुर महतारा, महिला नेतृ राधा पछाई लगाएत हुनुहुन्थ्यो ।

भेलाको संचालन राजमो ७ न. का उपाध्यक्ष लोकबहादुर एम.सि.ले गर्नुभएको थियो भने स्वागत ठाकुर गिरि तथा अध्यक्षता राजमो ७ न. का अध्यक्ष दिनेन्द्र महताराले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार