
सुर्य भुसाल
असोज ०९ सुपादेउराली अनलाइन । अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाचिकोट को पहिराे प्रभावित क्षेत्र भुजुंगे गाउँको जनप्रतिनिधि र सुरक्षा निकाएका प्रमुख हरुले अनुगम गरेका छन । पहिरो प्रभाबित क्षेत्रमा राष्ट्रिय सभा सदस्य का सदस्य चन्द्रबहादुर खड्का सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पाैडेल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा , प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी , रेडक्रस सभापति कुशल भुसाल , राजमाे अध्यक्ष थम्मन केसी , लगायतको टिमले पहिरो प्रभावित क्षेत्र को स्थलगत अबलोकन गरेको थियोे उक्त ठाउमा निकै जोखिममा रहेका केही परिवार हरुलाई हिजो देखि चन्द्र प्रभा माबि खाचिकोटमा जनप्रतिनिधि र गाउलेहरु को सहयोगमा राखिएको छ ।