
डी. आर. बन्जाडे
असोज ९ सुपादेउराली अनलाइन बुटवल । लालटिन कृषि सहकारी संस्था लि. बुटवलले दशौँ नियमित रत्तदान गरेको छ । सहकारीले संचालन गरेको उपभोक्ता पसल परिषरमा शुक्रवार गरिएको रत्तदानमा ४० युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष गंगलाल सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमणको महामारीमा हुन सक्ने रगत अभावलाई मध्यनगर गर्दै यस पटकको रत्तदान उनले बताए । ‘हामी नियमित रुपमा नै रत्तदान गर्दै आएका छौँ । यो दशौँ रत्तदान हो । महामारीमा रगत नहोस् भन्ने उद्देश्य पनि हो ।’, उनले भने ।
सहकारीका संचालक, उपसमितिका सदस्यहरु, सेयर सदस्यहरु तथा रत्तदान गर्न चाहानेले रत्तदान गरेका सामाजिक समन्वय उपसमिति संयोजक यज्ञ प्रसाद उपाध्यले बताए । समाजिक उत्तरदायित्व अन्तरतग नियमित रुपमा रत्तदान गरिरहेको उनले बताए ।
रत्तसंचार सेवा केन्द्रका राधा शर्माले प्रमाणपत्र हस्तान्तरण गर्दै सहकारीले नियमितरुपम रत्तदान कार्यत्रमको आयोजना गरेर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरिन ।
रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रत्तदान गरिएको थियो ।