नेबिरा फाउन्डेसन अर्घाखाँचीद्वारा सहयोग कार्यक्रम सम्पन्न

मेलिना सिंह ठकुरी
१० आश्विन सुपादेउराली अनलाइन सन्धिखर्क, अर्घाखाँची। नेबिरा फाउन्डेसन अर्घाखाचीको आयोजनामा जिल्लाको सन्धिखर्क नगरपालिका ०१ मा अवस्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा सोही विद्यालयलाई, भुकम्प पिडित र अपांगलाई सहयोग कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विद्यालयलाई Hot and cold water dispenser दुईओटा, भु. न. पा. १ ढाकावाङ् निवासी भूकम्पपीडित ऋषि खनाल एबम् स. न पा. ८ गोल्खाडा निवासी अपाङ्ग कल्पना कुँवरलाई नगद ५००५ का दरले सहयोग हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा विद्यालयका प्र.अ कमला भुसालले मन्तव्य राख्दै आफ्नो विद्यालयलाई गरेको सहयोग प्रति नेविरा फाउन्डेसनलाई आभार व्यक्त गर्नुभएको छ ।

अर्घाखाँचीका नेबिरा Coordinator विशाल रायमाझिले फाउन्डेसनले गर्दै आएका सहयोगहरु माथि प्रकाश पार्नु भएको थियो। साथै आफ्ना भनाइ राख्दै नेबिरा फोउन्डसनका कार्यक्रम निर्देशक बिशाल रायमाझीले युबाहरु अहिले देखी नै समाजसेबी काममा लाग्नु भनेको भबिश्यमा देश लाई ठुलो टेवा पुग्ने कुरा हो, कलेजको दबाबलाई एक पक्षमा राख्दै, युवा साथीहरू सामाजिक कार्यको लागि अग्रसर छन्। यसरी समाजसेवामा उस्तै समय दिनु नै समाजले खोजेको र मानबमा हुनुपर्ने सन्स्कार हो । नेबिरा फोउन्डसनले अब आउदो दिनहरुमा पनि समाजमा आइपरेका समस्यालाई आत्मसाथ गरी सहयोगका हातहरु यसरी नै बढाउने बताउनुभएको छ।

बिन्दु पौडेलको सञ्चालनमा सम्पन उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षकहरु, नेबिरा अर्घाखाँचीका केही सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप सामाजिक दुरी कायम गर्दै, माक्स प्रयोग गरेर गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार