नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुनपा १ द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

असोज १० सुपादेउराली अनलाइन अर्घाखाँची।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुमिकास्थान नगरपालिका वडा न १ को आयोजनामा नेकपाका सकृय सदस्य निर्मला बन्जाडेकाे एघारौं दिनको पुण्य तिथिको अवसर पारी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य छमकुमारी खनाल (चिनारी) र नेकपा का युवा नेता प्रेम गैरेले स्वर्गीय बन्जाडेकाे निधनले गर्दा पार्टी दुखित भएको बताउदै स्वर्गीय बन्जाडेले देखाएको बाटोमा लाग्न सम्पूर्ण लाई आग्रह गर्दै शोकलाइ शक्तिमा परिणत गर्न आग्रह गर्नुभएको थियो।

त्यस्तै श्रद्धाञ्जली कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य सुवाश बन्जाडे, रुद्र खनाल, काशिराम गमाल प्युठान जिल्ला कमिटी सदस्य श्याम थापा, भुमिकास्थान नगर कमिटी सदस्य तथा १ नम्बर वडा अध्यक्ष बाबुराम खनाल , भुमिकास्थान नगर कमिटी सदस्य पुनाराम भुसाल, श्याम चुदाली, बिष्णु खनाल लगायतको उपस्थित रहेको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार