भुमिकास्थान १ को साम्नेगाउँमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षाणात्मक भेला सम्पन्न

माधव खनाल
१२ असौज सुपादेउराली अनलाइन अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ को भगवती टोलको भेला आज भुमिकास्थान नगरपालिका वडा न १ को साम्नेगाउँमा सम्पन्न भएको छ ।
भेलाले शालिकराम खनाल अध्यक्ष रहेको एघार सदस्यीय टोल समिति गठन गरेको छ जसको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष क्रमशः हेमनाथ भुसाल बुद्धिराम खनाल बुद्धलक्ष्मी खनाल र राधा भुसाल रहनुभएको छ भने सदस्यहरूमा जेम प्रसाद घिमिरे कमला खनाल मतिराम खनाल प्रेम वैजाली नरिस्वर खनाल र यमकला खनाल रहनुभएको छ ।
त्यस्तै भेलाले माधव खनाल अध्यक्ष रहेको पन्ध्र सदस्यीय अखिल नेपाल युवक संघ भगवती टोलको गठन गरेको छ समितिको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष क्रमशः प्रेम बैजाली कमलप्रसाद भुसाल मादब प्रसाद खनाल नारायण प्रसाद खनाल र सदस्य हरुमा कुलराज खनाल विष्णु खनाल भाइरत खनाल गोबिन्द खनाल फर्सुराम खनाल गोपाल भुसाल दामोदर भुसाल बिमल नेपाली नारायण खनाल शुमित्रा खनाल रहनुभएको छ ।
साथै भेलाले राधा भुसाल अध्यक्ष रहेको एघार सदस्यीय अखिल नेपाल महिला संघको समेत टोल समिति गठन गरेको छ जसको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्षमा क्रमशः मधु अधिकारी जया खनाल सीता खनाल हिमन्ता खनाल र सदस्य हरुमा यमकला खनाल सारदा भुसाल सावित्रा खनाल सरस्वता खनाल सान्ता भुसाल सिता खनाल रहनुभएको ।
भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले प्रशिक्षाणात्मक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाले लिएको नीति बारे स्पष्ट पार्नुभएको थियो भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल अखिल नेपाल किसान संघका जिल्ला सदस्य ननुकान्त भुसाल अखिल नेपाल महिला संघकि जिल्ला सदस्य खुमा बेल्बासे राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका सदस्य तथा वडा न १ का अध्यक्ष भोजराज खनाल अखिल नेपाल शिक्षक संघका कृष्ण प्रसाद खनाल जनजाति सम्मेलनका गणेश घर्ती लगायतले प्र प्रशिणात्मक मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम बुद्धिराम भुसालको अध्यक्षता रामबहादुर नेपालिको स्वागत र माधव खनालको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार