सालझन्डि ढोरपाटन सडकका कार्यलय प्रमुख सिनियर डिभिजन ईन्जिनियर जयलाल मरासिनिको सरुवा

सुर्य भुसाल
सुपादेउराली अनलाइन अर्घाखाँची । रुपन्देहीको साल्झन्डि हुदै पाल्पा अर्घाखाँची प्युठान गुल्मि हुदै वाग्लुङको ढोरपाटन जोड्ने निकै चर्चित सडक सालझन्डि ढोरपाटन सडका कार्यलय प्रमुख सिनियर डिभिजन ईन्जिनियर जयलाल मरासिनिको सरुवा भएको छ । सरकारले कर्मचारी लाई सरुवा गर्ने बढुवा गर्ने नियमित प्रक्रिया अन्तरगत निकै कुसल राष्टसेवक जिल्ला बासिले निकै मन पराएका सिनियर ईन्जिनियर जयलाल मरासिनिको सडक डिभिजन कार्यलय रुपन्देही मा सरुवा भएको हो मरासिनीको ठाउमा अर्थात सडक अायोजनामा काठमाडौं बाट बिरेन्द्र गौतम अर्घाखाँची अाय‍जनामा सरुवा भएका छन ।सडक डिभिजन कार्यलय रुपन्देही का सिनियर ईन्जिनियर मेघराज मरासिनिको पर्वत सरुवा भएपछि राम्रो काम गरि अाफ्नो छवि अब्ल राख्न सफल मरासिनिको रुपन्देही सरुवा भएको हो । साल्झन्डि सन्धिखर्क ढोरपाटन सडकमा निकै मिहिनेतका साथ धेरै बिबादहरु टुङ्गो मा पुराउन सफल भएका मरासिनिको रुपन्देही सरुवा भएपनि मरासिनिको ठाउमा अाउने कार्यलय प्रमुखलाई निकै चुनौतीपूर्ण काम गर्नु पर्ने देखिन्छ मरासिनीले गरेको काम बाट साल्झन्डि देखि ढोरपाटन सम्मका धेरै ठाउका स्थानियको मन जितेर उनिहरु सग राम्रोसँग कोडिनेसन गरेर काम गरेका मरासिनि काम गर्न निकै सफल निकै बिबेकपुण काम गर्ने सुसासन पार्दसितालाई अात्मसाथ गरि काम गर्ने निर्बिबादित कार्यलय प्रमुखको रुपमा अाफ्नो छवि बनाउन सफल कार्यलय प्रमुख हुन । यश बर्षपरेको अबिरल बर्षाका कारण सडकका धेरै ठाउहरुमा क्षेति पुराएको भएपनि धेरै मिहिनेत का साथ सडकहरु सुचारु गरिदै अाएको स्थानियहरु बताउछन । सडक बनाउन सुरु भएदेखि करिव दुई अर्व खर्च हुदा समेत काम सम्पन्न हुन नसकेको सडकको मापदण्ड, स्थानीय मुआब्जा, काम नगर्ने ठेकेदार जस्ता विभिन्न समस्याहरूले वर्षौंदेखि सडकमा सोचे अनुसारको काम हुन नसकेको अबस्थामा सातौँ कार्यलय प्रमुखका रूपमा २० महिना अगाडि सिनियर ईन्जिनियर जयलाल मरासीनीले सडक मा हाजिर भई जिम्मेवारी समालनु भएको हो । रुपन्देहीको सालझण्डी चोकदेखि अर्घाखाँचीको ढुङ्ग्रीखोलासम्मको ग्राभेल, नाली, कलभर्ट तथा वालआदिको जिम्मा लिएर ६ वर्ष बित्दासमेत तोकिएको कार्य पूरा गर्न आलटाल गर्दै आएको बिटी जयबाबा स्वयम्भू काठमाडौंलाई योजनाप्रमुख मरासिनीले ठुलो कसरत तरि ठेक्का ट‍ोडि बिदा गरेका मरासिनी हुन त्यतिबेला मरासिनी लाई सबै ले निकै प्रसम्सा गरेका थिए । यसरी बिटी जयबाबाको ठेक्का तोड्ने आँट गरेका मरासिनीको सक्रियतामा अहिले सो खण्डको साढे तेह्र किलोमिटर सडक नाली–वालसहित पिच गर्ने कार्यका लागि गत असोज ५ गते बहुवर्षीय ठेक्काको लागि सूचना सार्वजनिक भइसकेको छ भने बलेबाङ देखि फुदबाङ सम्म कालोपत्रे गर्ने कार्यका लागि अहिले पनि निरन्तर काम भईरहेको छ । सडकका कामहरु भएको साईटमा अाफै दिनभर खटेर काम गराउने मरासिनि को सरुवा भएपछि यो सडक अझै दुर्त गतिमा अगाडि बढ्छकि कछुवाको गतिमा अगाडि बर्छ यो हेर्न बाकि छ सन्धिखर्क चुत्राबेसिमा देखिएको बिबाद मिलाउन पनि मरासिनी ले निकै ठूलो भुमिका खेल्नु भएको थियोे तर यो भुमिकाको रिज्लट अाउन बाकि नै छदा मरासिनिको सरुवा भएको हो अझै केही बर्ष यश सडकमा मरासिनिले नेतृत्व गरेको भए सडक बाट समयमा जन्ता लाभान्वित हुने अनुमान गरिएको थियोे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार