सेवाप्रवाहमा सुधारोन्मुख मालारानि गाउपालिका अर्घाखाँची

सुर्य भुसाल
असोज १३ सुपादेउराली अनलाइन अर्घाखाँची । मालारानि गाउपालिका अर्घाखाँची गाउपालिका स्थापना भएपछि निकै धेरै बिकास निर्माण का कामहरु बिकासका पुर्वाधार हरु तयार गरि दुर्त गतिमा अगाडि बढिरहेको छ । गाउपालिकामा प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ती भनभनेलि हाजिर भएपछि धेरै कामहरु सस्थागत रुपमा अगाडि बढिरहेका छन भने गाउपालिका भित्र सुशासन पार्दर्सिता कायम गरि जनप्रतिनिधि हरुले बनाएका नीति नियम कानुन अनुसार कर्मचारी प्रसासन ले कामलाई दुर्त गतिमा अगाडि बढाएको स्थानिय बासिहरु बताउछन मालारानि गाउपालिकाले प्रत्यक ४ महिनामा अाफुहरुले गाउपालिकामा गरेका गतिविधि हरु मालारानि बुलेटिन मुख पत्र मार्फत जन्तासामु सार्वजनिक गर्ने जन्ताका गुनासाहरु सुन्ने त्यसको समधान गर्ने कामलाई गाउपालिकाले निरन्तरता दिएको गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ती बताउछन । मालारानि गाउपालिकामा अाबश्यक्ता अनुसार धेरै कानुन हरु निर्माण भएका छन र ती कानुन कार्यनयन मा पनि अाएका छन गाउपालिका भित्र रहेका सबै शाखाहरु वार्ड कार्यलय हरु जनप्रतिनिधि हरुको टेवलमा अनिवार्य राष्ट्रिय झन्डा अनिवार्य बनाउदै कर्मचारी हरु उपस्थित भएपछि प्रत्यक दिन १० बजे राष्ट्रिय गानमा अनिवार्य सहभागी हुनु पर्ने कार्यलयमा जाने सेवाग्राहीलाई सजिलो होस भनी कुन सेवा कहाबाट पाईन्छ भन्ने स्पस्ट बुझिने गरि नागरिक वडापत्र राख्नुको अलवा जनप्रतिनिधि र कर्मचारी का बारेमा कुनै गुनासा भएमा सुझाब दिनका लागि सुझाब पेटिका गाउपालिका भित्र कर्मचारी बैठक ई हाजिरि कर्मचारी पोसाक अनिवार्य गरिएको छ जस्ले गनउपालिकाको पैचानै झल्को दिने गरेको विश्लेषण गरिन्छ । गाउपालिका बाट दिने सेवालाई प्रभाबकारि बनाईएको छ भने शिक्षा क्षेत्रमा समेत प्रगति हासिल भएको देखिन्छ गाउपालिका भित्र का युवाहरुलाई कृर्षि पशुपालन बाट अात्म निर्भर बनाउनका लागि कृर्षि बैक सग सम्झौता गरि सौलियत ऋण दिनका लागि गाउपालिकाले प्रकिया अगाडि बढाएको छ । गाउपालिकाले अाफ्नो गाउपालिकाको पहिचान झल्कने खालको लोगो बनाउदै छ गाउपालिका भित्र हेलि प्याड निर्माण गरिएको छ कर्मचारी हरुका लागि पुनर्ताजगी तालिम बिभिन्न खेलकुद कार्यक्रम गर्ने गरिएको छ सेवालाई तुरुस्त दुरुस्त पारिएको देखिने गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार