मोटर बाटो निर्माण कार्यले गर्दा ठुलाखोला खानेपानी ३ महिनादेखि अवरुद्ध

असोज १४ सुपादेउराली अनलाइन अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वाड नम्बर १ को पिपलनेटा, गिठाखाेला, साम्नेगाउ जाने माेटर बाटाे निर्माण कार्यले गर्दा तुसराघाट, ठुलाखाेला खानेपानीकाे करिब ५०० मिटर ठुलाे पाइप लाइन क्षति हुदा ३ महिनादेखि पानी अवरुद्घ भएको छ। 

उक्त याेजनाकाे करिब ५०० मिटर ठुलाे पाइप माेटर बाटाे निर्माण गर्दा झरेका ढुङ्गा तथा पहिराले पुर्ण रुपमा क्षति पुराउदा त्यहाँ स्थानियले खानेपानीकाे लागि दुख खेपिरहेकाे स्थानिय अशाेक खनालले बताउनुभयो ।

उता नगरपालिकाले राहतका रुपमा दिएको सानाे पाइपबाट अर्काे टाेलकाे खानेपानी जाेडेर पालाे लगाइ रातकाे समयमा कठिन पुर्वक थाैरे पानीले निर्वाह गरेकाे हुदा सम्बन्धित निकायबाट बिकास गर्दा भएको बिनाश प्रति ध्यान जान जरुरी देखिन्छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार