अखिल नेपाल युवक संघ भुमिकास्थान २ को भेला सम्पन्न

टेकराज भुसाल
असोज १५ सुपादेउराली अनलाइन अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ को भेला सम्पन्न भएको छ।

भेलाले माेहन भुसालको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल युवक संघ भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ गठन गरेकाे छ। जसको उपाध्यक्षमा माेहन थापा, सचिवमा युवराज खनाल, काेषाध्यक्षमा सुरज खत्री, सहसचिवमा पुर्ण बहादुर खड्का र सदस्यहरुमा हिमाल खनाल, हरि परियार, कमल परियार, राजु बन्जाडेलाई चयन गरेको छ।

भेलामा राष्ट्रिय जनमाेर्चा अर्घाखाँची जिल्ला सल्लाहकार खड्का बहादुर थापा, युवक संघका केन्द्रीय सदस्य कुलराज खनाल, भुमिकास्थान नगरपालिका वार्ड नम्वर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, राष्ट्रिय जनमाेर्चा प्रदेश ३ का सदस्य पृथ्वी थापा लगायतको उपस्थित रहेकाे थियाे भने भेला युवक संघ २ नम्बर वार्डका अध्यक्ष माेहन भुसाल अध्यक्षता र टेकराज भुसालकाे सञ्चालन सम्पन्न भएको थियाे।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार