
टेकराज भुसाल। २०१८ सालमा बुटवलमा स्थापना भएकाे कालिका मानवज्ञान माध्यमिक बिद्यालय पछिल्लो समय निकै उदाहरणीय बन्दै गएकाे छ।
उक्त बिद्यालयका सिनियर तर्फका एनसीसीका बिद्यार्थीहरुले कोरोना भाइरस अर्थात (कभिड१९) बिरुद्ध बुटवल उपमहानगरपालिका वाड नम्बर १० र ११ मा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छन्।
बिद्यार्थीहरुले सडक अनावश्यक रुपमा हिड्ने मानिसहरुलाई कोरोना भाइरसका बारेमा जानकारी दिदै अति आवश्यक काम नभएसम्म बाहिर हिडडुल नगर्न आग्रह गरेका छन् भने किराना तथा अन्य पसलहरुमा दुरी कायम राख्नका लागि गोल घेरा निर्माण गर्नुका साथै प्रहरीलाई समेत सहयोग गरेका छन् ।
जनचेतना मुलक कार्यक्रम बिद्यालयका प्राचार्य घनश्याम पाठकको निर्देशन तथा बिद्यालयका खेलकुद संयोजक तथा एनसीसी समुनय शिक्षक हरिश वलीको नेतृत्वमा सञ्चालन गरेको खेलकुद संयोजक तथा एनसीसी समुनय शिक्षक हरिश वलीले जानकारी दिनुभएको छ।