भुमिकास्थान १को गिठाखोलामा राजमोको भेला सम्पन्न

असोज १६ सुपादेउराली अनलाइन अर्घाखाँची । राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ काे आयाेजनामा गिठाखाेलामा राष्ट्रिय जनमाेर्चा वार्ड नम्बर १ अन्तर्गत आदर्श टाेलकाे भेला सम्पन्न भएकाे छ।

भेलाले केशव गमालकाे अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जनमाेर्चा आदर्श टाेल समिति गठन गरेकाे छ । जसको सचिवमा देविराम खनाल , काेषाध्यक्षमा कमला खनाल र सदस्यहरुमा क्रमशः वसन्त खनाल, कमला नेपाली, देवकला खनाल, चुरा बहादुर थापा, केश बहादुर थापा र प्रदिप घर्तीलाई चयन गरेकाे छ भने प्रदिप घर्तीकाे अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल युवक संघ आदर्श टाेल समिति गठन गरेकाे छ। जसकाे सचिवमा सराेज खनाल, काेषाध्यक्षमा सर्जु खनाल र सदस्यीय हरुमा क्रमशः डासिराम खनाल, बसन्त गमाल, राम प्रसाद खनाल, मिलन खनाल, खिम बहादुर नेपाली, गाेपाल खनाल, नारायण खनाल, नारायण पाेख्रेल, सुरज गमाल, सुमन्त नेपाली र रेशम नेपालीलाई चयन गरेकाे छ।

त्यस्तै भेलाले अाशा खनालकाे अध्यक्षतमा ९ सदस्यीय अखिल नेपाल महिला संघ आदर्श टाेल समिति समेत गठन गरेकाे छ। जसकाे सचिवमा देवकला खनाल, काेषाध्यक्षमा कमला नेपाली र सदस्यहरुमा क्रमशः शुनिता खनाल, कमला खनाल, रेमकला खनाल, रेशमा गमाल र तारा गमाललाई चयन गरेकाे छ। 

भेलालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चा प्रदेश नम्बर ३ का सदस्य पृथ्वी थापाले आन्तरिक तथा बाह्य शक्तिहरु पार्टी बिराेधि गतिविधिमा संलग्न रहेकाे भन्दै पार्टीका असल कार्यक्रताहरु पार्टी बिराेधी गतिविधिमा संलग्नहरुका बिरुद्ध संघर्षमा उत्रिनु पर्ने बताउनु भएको छ।

कार्यक्रममा राष्ट्रिय जनमाेर्चा अर्घाखाँची जिल्ला सदस्य मेघराज खनाल, १ नम्वर वार्डका वडा अध्यक्ष भाेजराज खनाल लगायतको उपस्थित रहेकाे थियाे।

कार्यक्रम हरि बहादुर गमालकाे अध्यक्षता, राेमाखर राउतकाे स्वागत मन्त्वय र टेकराज भुसालको सञ्चालनमा सम्पन्न भएकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार