अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य सहित १३ जनामा कोरोना संक्रमित

खुम रायामाझी
असोज १९ सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका बाट असोज १७ गते शनिवारको दिन स्वाव संकलन गरि परिक्षणका लागि भैरहवा प्रयोग शालामा पठाइएको स्वाव परिक्षणको प्राप्त रिपोर्ट अनुसार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका निमित् प्रमुख कपिल गौतमले जानकारी दिनु भएको छ।
संक्रमण हुनेमा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का(उज्जवल) रेडक्रसका अध्यक्ष कुशल भुसाल,रामवाण गुल्मका गुल्मपती, जिल्ला प्रहरी कार्यालयका डिएसपी सहित १३ जनाको कोरोना पोजेटिभ आएको खबर प्राप्त भएको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहित ४ जनामा कोरोना पुष्टि भएपछि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दारसम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको अर्का सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
केही दिन अघि सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिकाको कोठिया मैदानमा पहिरो पीडितलाई राहत वितरण गरेर फर्केपछि प्रजिअ विष्णु पौडेल,सप्रजिअ विक्रम थापा सहित सुरक्षा गार्ड र गाडी चालकलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमितहरु होम आइसोलेसनमा छन् ।

अत्यन्त जरुरी काम बाहेक सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन सहायक प्रजिअ खनालले आग्रह गर्नुभएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार