प्रदेश ५ को बैठकमा प्रतिपक्षी कांग्रेसको अवरोध र तोडफोड

बुटवल । प्रदेश नं. ५ सभाको बैठकमा कुर्सी तोडफोड भएको छ । प्रतिपक्षी नेपाली काङ्ग्रेसका सांसदहरूले कुर्सीटेबुल तोडफोड गरेका हुन् ।

काङ्ग्रेसका सांसदको विरोधका बिच सभामुख पूर्णबहादुर घर्तीले बैठक अगाडि बढाएपछि विरोध गर्ने क्रममा काङ्ग्रेस सांसदहरू विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्ची तोडफोड गरेका थिए ।

राजधानी र नामबारे टुङ्गो लगाउन बसेको प्रदेश ५ को प्रदेशसभा बैठक प्रतिपक्षी काङ्ग्रेसको अवरोधपछि सुरुमा २ बजेसम्मका लागि स्थगित गरिएको थियो । मध्यान्न १२ बजे बस्ने भनिएको बैठक केही ढिलो गरी बसेलगत्तै काङ्ग्रेस सांसदहरूले उठेर नाराबाजी गरेका थिए ।
काङ्ग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बैठकको सुरुमै उठेर बोलेपछि बैठक अवरुद्ध गरेका हुन् । अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजेसम्मलाई बैठक स्थगित भएको जानकारी गराएका थिए ।

त्यसबिचमा मुख्यमन्त्री शङ्कर पोखरेलले काङ्ग्रेस, जनता समाजवादीका दलका नेतासँग छुट्टाछुट्टै छलफल गरे पनि कुनै निष्कर्ष निष्कन सकेन ।

त्यसपछि सभामुखले काङ्ग्रेसको अवरोध र नाराबाजीबिच बैठक अगाडि बढाएका थिए । काङ्ग्रेस सांसदहरूले नाराबाजी र अवरोध जारी राखेका छन् भने केहीले तोडफोडसमेत गरेका हुन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार