कानुन मन्त्री केसीले सम्बोधनको क्रममा बोलेका शब्द प्रति काङ्ग्रेसको आपत्ति (विज्ञप्ति सहित)

टेकराज भुसाल
असोज २० सुपादेउराली अनलाइन बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मर्यादापालकलाई हातले कोट्याएर इसारा गर्दै सभामा असन्तुष्टि जनाउने सांसदहरुलाई घिसारेर बाहिर निकाल घिसारेर निकाली हाल, निकाली हाल’ भन्ने असहिष्णु, अमर्यादित ढङ्गले संसदकाे गरिमा र मर्यादा बिपरित शब्दले संसद बढि उत्तेजित बनाएको भन्दै काङ्ग्रेसले घाेर आपत्ति जनाएको छ।

सचेतक निर्मला क्षेत्रीले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, नेपालकाे संबिधान र संसदीय व्यवस्थामा बहुमतको सरकार/ सत्ता र प्रतिपक्षकाे संसद भन्ने मान्यता र संसदकाे समेत धज्जी उडाउने गरि सभामुख लाई साची राखेर अशाेभनिय र अमर्यादित शव्द प्रयाेग गरिएको प्रति नेपाली काङ्ग्रेस खेद प्रकट गर्दछौं।
माननीय मन्त्रीले बाेलेका शव्द संसद सचिवालयको रेकर्डिङ बाट हटाउन र उक्त शब्द फिर्ता लिन रुलिङ्ग गर्न सभामुखलाई अनुरोध गरेकाे सचेतक क्षेत्रीले हस्ताक्षर गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्ति

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार