‘देशमा संघीयता आवश्यक छैन,प्रदेश तह खारेज गरौँ ’:कमल थापा

असोज २० बुटवल ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीयता आवश्यक नभएको बताएका छन् । उनले पछिल्लो ५ वर्षको अनुभव र प्रदेश ५ मा हिजो मात्रै भएको ध्वंसात्मक कृयाकलापले नेपालमा संघीयता आवाश्यक नभएको प्रमाणित गरेको दाबी गरे ।

थापाले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको समेत बताए । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन्।

मंगलबार बिहान उनले लेखेका छन्-‘५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।’

स्रोत नागरिक अावाज डट कम

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार