नाम लुम्बिनी, राजधानी दाङको भालुवाङ दुई तिहाइले पारित

बुटवल, २० असोज । प्रदेश ५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी दाङको भालुवाङ भएको छ । आज बसेको प्रदेश ५ को प्रदेशसभा बैठकले सरकारको उक्त प्रस्ताव दुई तिहाई मतले पारित गरेको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेश नाम राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको थियो ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो । दुई तिहाईले दुवै प्रस्ताव पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराएका थिए ।

प्रदेशसभा बैठकले दुई तिहाईले नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव पारित गरेपछि बुटवलमा भने असन्तुष्टि बढेको छ । बुटवल पनि राजधानीको दाबेदार थियो ।

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान हुँदा तीनवटा प्रस्ताव अस्वीकृत भएका थिए ।

नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त भएको हो । ८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले ह्वीप पनि जारी गरेकाले प्रस्तावको पक्षमा आवश्यक मत पुगेको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार