फेवा सहकारीको अध्यक्षमा पुनःप्रेम गुरुङ

श्यामलाल पोखरेल
कार्तिक १ सुपादेउराली अनलाइन बुटवल । रुपन्देहीको बुटवलमा सञ्चालित फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नयां नेतृत्व चयन गरिएको छ । सहकारीको शनिबार भएको १२ औं साधारण सभा तथा पांचौ अधिवेशनबा प्रेमबहादुर गुरुङ अध्यक्ष र इन्दु सारु  मगर सचिव रहेको नेतृत्व चयन गरिएको हो । जसको उपाध्यक्ष प्रेेम बहादुर सोमै मगर, कोषाध्यक्ष ननकली राहादी मगर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा खेमराज भट्टराई, कल्पना थापा, रविन्द्रकुमार श्रेष्ठ, शारदामायां गुरुङ, सपना पुन रहनु भएको छ । हेमबहादुर थापा संयोजक र रामेश्वर ढकाल, समिक्षा बराल सदस्य रहेको लेखा समिति गठन गरिएको छ । साधारण सभा तथा अधिवेशनमा बोल्दै अध्यक्ष पे्रमबहादुर गुरुङले विधि, निती र प्रविधिको प्रयोग गरी सहकारीलाई वित्तिय रुपले बलियो बनाउने प्रतिवद्वता जनाउनुभयो ।     सहकारीको मुल्य, मान्यता, सिद्वान्तलाई आत्मसाथ गरी सहकारीलाई बलियो र पारदर्शी रुपमा अगाडी बढाउने बताउनुभयो । सहकारीमा आवद्व सदस्यहरुको मनमा ठेस नपुराउने गरी काम गर्ने बताउंदै सहकारीलाई वित्तिय रुपले बलियो बनाउन र फरक ढंगले सञ्चालनका लागि सबै शेयर सदस्यहरुको साथ सहयोग चाहिने भएकाले सहयोगको अपेक्षा गर्नुभयो । सहकारीका संस्थापक अध्यक्ष तथा साधाराण सभा तथा अधिेवशका अतिथि यमबहादुर थापा तरामी मगरले सहकारीको दीगो विकासका लागि सहकारी मुल्य, मान्यता र सिद्वान्तलाई पालना गर्नुपर्ने बताउनुभयो । सहकारीमा संस्थागत सुशासनलाई सुदृढ आवश्यक पर्नेमा जोड दिनुभयो । पे्रमबहादुर गुरुङको अध्यक्षता, सचिव मनोज रानको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नितु थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका निवर्तमान अध्यक्ष मधुमाला तरामु, जीवलाल भट्टराई, राष्ट्रिय सहकारी बैंकका नरेश पाण्डे लगायतले बोल्दै सहकारीको भावना र उद्वेश्य अनुसार सञ्चालक समितिले काम गरेमा सहकारीहरु वित्तिय रुपमा बलिया हुनमा जोड दिनुभयो । १७ सय ४६ जना शेयर सदस्य रहेको सहकारीको कुल सम्पति तथा दायित्व २४ करोड, ८५ लाख ४० हजार ५ सय ८० रुपैंया १३ पैसा रहेको छ । त्यस्तै सहकारीको शेयर पंूजी (चुक्ता) ३ करोड ३४ लाख ३० हजार ८ सय रहेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार