सुर्य भुसाल
कार्तिक २ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची, शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान वितरण कार्य सञ्चालन गरेको छ । गत आर्थिक बर्ष ०७६/७७ मा नगरपालीका भित्र उत्पादन गरी सहकारी मार्फत बजारीकरण गरेका खसि बोका,लोकल कुखुरा तथा तरकारी कृषकहरुलाई अनुदान वितरण गरीएको नगरपालिका का प्रमुख सुर्य प्रसाद अधिकारी ले जानकारी दिनु भयो ।
नगरपालीकामा रहेका नौ वटा कृषि सहकारी मार्फत बजारीकण गरेका किसानलाइ खसिबोका तथा लोकल कुखुरामा प्रति केजी रु.५० का दरले र तरकारी तथा फलफूलमा प्रति रोपनी पाँच हजारका दरले अनुदान वितरण गरीएको नगरपालिका का उपप्रमुख टीका रेस्मिले जानकारी दिनुभयो । नगरपालिका का अनुसार वार्ड न.२ को शितगंगा कृषि सहकारी मार्फत ३० जना किसानलाइ रु ३ लाख ४२ हजार एक सय,वार्ड नम्बर ३ को आधारशिला कृषि सहकारीमा १४० कृषकलाइ १४ लाख ३३ हजार आठ सय र वार्ड नं. ८ को जलुके कृषि सहकारी मार्फत ४० कृषकहरु लाई ४ लाख ३५ हजार छ सय रकम बितरण गरीएको नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत प्रेम केसिले जानकारी दिनुभयो । त्यस्तै नगरपालिका को वार्ड नम्बर ५/६/७ र वार्ड नम्बर १० र का १२ का २५० किषानहरु लाई २२ लाख रुपैयाँ बितरण गरिएको थियोे
शितगंगा नगरपालीकाले गत आर्थिक बर्षमा ७३ लाख रकम उत्पादनका आधारमा अनुदान वितरणका लागी कृषि सहकारीलाइ भुक्तानी गरीसकेको, कोरोना महामारीका कारण समयमै वितरण गर्न नसकिएकोले असौज ३० गतेवाट वितरण सूरु गरीएको नगरप्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो ।
आ.व.०७६/२०७७ बाट सूरु गरीएको अनुदान बितरण कार्यक्रममा पहिलो बर्ष ३३ लाख वितरण गरीएको थियो भने दोस्रो बर्ष ७३ लाख बितरण गर्न लागीएको हो । आगामि बर्षमा थप प्रभावकारी बनाउदै अनुदान रकम बढाएर धेरै कृषकलाइ बितरण गर्ने लक्ष रहेको नगर उपप्रमुख टिका रेश्मीले बताउनुभयो । अनुदान रकम पाउदा आफुहरु निकै उत्साहित बनेको र आगामी दिनमा उत्पादनलाइ बढाउदै लैजाने किसानको भनाइ रहेको छ ।