राष्ट्रिय जनमोर्चा भुमिकास्थान २ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

कार्तिक ३ सुपादेउराली अनलाइन अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य तथा अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ अम्लाचाैर निवासी स्वर्गीय बिनाराम बन्जाडेकाे ९ औं दिनको पुण्य तिथिकाे अवसरमा राष्ट्रिय जनमाेर्चा भुमिकास्थान २ काे आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापा, पुर्व केन्द्रीय सदस्य सागर केसी, राष्ट्रिय जनमाेर्चा प्रदेश ३ का सदस्य पृथ्वी थापा, मल्लरानी गाउपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता गिरिराज पौडेलले स्वर्गीय बन्जाडेकाे निधनले गर्दा सिङ्गो पार्टी तथा समाज दुखित भएको बताउदै स्वर्गीय बन्जाडेले देखाएको बाटोमा लाग्न सम्पूर्ण लाई आग्रह गर्दै शोकलाइ शक्तिमा परिणत गर्न आग्रह गर्नुभएको थियाे।

श्रद्धाञ्जली सभामा राजमाे अर्घाखाँची जिल्ला सल्लाहकार खड्क बहादुर थापा, राजमाे भुमिकास्थान नगर सदस्य बावुराम खनाल, भुमिकास्थान नगरपालिका १ नम्बर वार्डका वडा अध्यक्ष भाेजराज खनाल, वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, किसान महासंघका जिल्ला सदस्य भुपे खनाल, महिला संघकी जिल्ला सदस्य आरता बेलवासे, समाजसेवी तथा बुद्धिजीवी ननुकान्त भुसाल लगायतको उपस्थित रहेकाे थियाे।

सभा स्वर्गीय बन्जाडेका छाेरा केशव बन्जाडेकाे अध्यक्षता र टेकराज भुसालको सञ्चालन सम्पन्न भएको थियाे।
स्वर्गीय बन्जाडेकाे ७१ बर्षकाे उमेरमा असाेज २५ गते निधन भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार