
श्यामलाल पोखरेल
कार्तिक ४ सुपादेउराली अनलाइन बुटवल । स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रुपमा दशैं लगायतका पर्वहरु मनाउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा पदाधिकारीहरुले आग्रह गरेका छन् । प्रतिष्ठानमा आवद्व सदस्य र आम नेपालीलाई कोभिड १९ को महामारीबाट सचेत भएर मात्र मेलापर्वहरु मनाउन सुझाव दिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नोपल, रुपन्देहीले दशैंको अवसरमा मंगलबार आयोाजना गरेको शुभकामना तथा भर्चुवल बैठकमा बोल्ने प्रतिष्ठानका अध्यक्ष तथा पदाधिकारीहरुले कोरानाबाट जोगिएर मात्र अन्य गतिविधि गर्नुपर्ने बताए । कोराना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको र बढी प्रभावित लोक दोहोरी क्षेत्रका कलाकारहरु ठूलो समस्या परेकाले कलाकारमा समस्याप्रति गम्भीर बन्न सरकारसंग माग गरे । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश विजीले आफु सुरक्षित भए मात्र असत्यका बिरुद्व लडर सत्यको जीत हुनसक्ने बताउनुभयो । उहांले नेपालको मौलिक संस्कृति, संस्कार बचाउनु सबै नेपालीको कर्तव्य रहेको बताउंदै पहिला कोराना भाइरससंग सुरक्षित हुन आवश्यक रहेको बताउनुभयो । देशको लोक संस्कृति संरक्षणका लागि कलाकारहरुका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने अध्यक्ष विजीको भनाइ छ । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष दुर्गा रायमाझीले कोरानासंग डराउनु भन्दा सुरक्षित हुनु नै बुद्विमानी भएकाले कोरोनालाई परास्त गर्न स्वास्थ्य मापदण्ड पालना गर्नु हरेक नेपालीको कर्तव्य भएको बताउनुभयो । प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, प्रतिष्ठानका महासचिव सुवास केसी, केन्द्रिय सचिव प्रचण्ड जीसी, केन्द्रिय सदस्य दीपक गरौजा, सल्लाहाकार खेम हमाल, लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीरानाण पाण्डे, बाबुराम बोहोरा, दिनेशराज रेग्माी, लेखबहादुर कार्की लगायतले दशैं, तिहार र छट पर्वको शुभकामना दिंदै नेपाली मौलिक संस्कृतिको संरक्षणमा पनि आआफ्नो ठाउंबाट लाग्नु पर्नेमा जोड दिए । प्रतिष्ठानका रुपन्देही अध्यक्ष दिपक कार्कीको अध्यक्षता, सचिव उज्वल गिरीको सञ्चालनमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विजय सापकोटाले धन्यबाद ज्ञापन गर्नुभएको थियो । कानेरानाका कारण केही दिन अघि ज्यान गुमाउनु भएको प्रतिष्ठान रुपन्देहीका पूर्व सल्लाहाकार बद्रीप्रसाद श्रेष्ठको मृत्युप्रति प्रतिष्ठान केन्द्र, लुम्बिनी प्रदेश र प्रतिषठन रुपन्देहीद्वारा श्रदाञ्जली अर्पण गरिएको छ ।