गुणस्तरीयता मा कमि हुन नदिने गरि फिल्ममा खटेर काम गराउछौ : साईट ईन्चार्ज रामभरोस यादब

सुर्य भुसाल
कार्तिक ४ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची को सन्धिखर्कमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन साईट कार्यलय ले अनुगमन निरिक्षणलाई तिब्र पारेको छ । साईट कार्यलय अर्घाखाँची का प्रमुख ईन्जिनियर रामभरोस यादब ईन्जिनियर बिदान अर्याल सब ईन्जिनियर गोबिन्द अाचर्य मोदनाथ गौतम सहितका प्राबिधिक कर्मचारी हरु नियमित रुपमा खानेपानी का कामहरु भएका साईटमा पुगि गुणस्तरीय काम गराउने गरेका छन कर्मचारी ले बिहान बेलुका कार्यलयको काम गर्ने र दिउसो साईटमा पुगेर उपभोक्ता समितिले गरेका कामहरु गुणस्तरीयता मा कमि अाउन नदिन डिभिजन प्रमुख सिबमान श्रेष्ठ को निर्देसन अनुसार फिल्डमा खटिने र गुणस्तरीय छिटोछरितो काम गराउने काममा अाफुहरु लागि रहेको साईट कार्यलय प्रमुख रामभरोस यादब बताउछन ।   नियमित काममा निकै ब्यस्त रहने कर्मचारी हरुका कारण अर्घाखाँची मा खानेपानी ले सोचेभन्दा बढि प्रगति हासिल गर्न सफल भएको छ भने खानेपानी योजना अरुले दुर्त गति लिएको छन । पाल्पामा मुख्य कार्यलय रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयको साईट कार्यलय अर्घाखाँची का प्रमुख राम भरोस यादब बिधान अर्याल सहितका कर्मचारी हरु बिहान देखि बेलुका सम्म बिदाको दिनपनि नभनि उपभोक्ता र जन्ताहरुको काममा ब्यस्त देखिन्छन । खानेपानी मा अाउने उपभोक्ता हरुलाई राम्रो सुझाब सल्लाह दिने काम गर्न प्रेणित गर्ने सहज सरल तरिकाबाट सेवा दिने राम भरोस यादबको बिषेशता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार