कविता: हावाहुरीको होइन त्यस्मा हुण्डरिको वेगछ

मुकुन्द राज रोका

हावाहुरीको होइन त्यस्मा हुण्डरिको वेगछ।
क्रान्तिको बाटोमा हिड्दा कस्ले पो छेक्छ।
रङ एउटै छ नझुक्नु फेरि ति रङबिरङ्गमा।
यो क्रान्ति चल्छ र चलरहन्छ यसै तरङ्गमा।

तर उस्ले पनि भन्छ रे अाफै अजित भनेर।
भुत वर्तमान र भविष्य अाफैतिर पो गनेर।
कति दवाउने हौ निर्दा जनताको तलफेदि।
बनेर ज्वालामुखि त्यो अावज गगनभेदि।


किन यत्ति बुझ्छौ क्रान्ति वर्गको वधशाला हो।
अझै भन्नू पर्दा सिक्ने सिकाउने पाठशाला हो।
यो मैले मात्रै गर्ने युद्ध होइन युगकै गदर होकि।
गर्नु पर्ने उत्पिडित वर्गले समानता सदर होकि।


कति त हतासमा कति निराशमा खै किन?
क्रान्ति यस्ताले के सक्लान र नतिजा दिन?
प्रकृतिका सामु कृतिम चिज धेरै कहाँ टिक्ला?
बढाई सक्यो युद्धमा पाइला अब कहाँ झिक्ला?

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार