जनता कृष्ण मा•वि किमडाँडाकाे अध्यक्षमा भरतमणि पाैडेल

सुर्य भुसाल
कार्तिक ७ सुपादेउराली अनलाइन अर्घाखाँची । जनता कृष्ण माध्यमिक विद्यालय सन्धिखर्क ८ किमडाँडाकाे अध्यक्षमा भरतमणि पाैडेल सर्वसम्मत निर्वाचित हुनु भएकाे छ । नमूना विद्यालयमा शिक्षा प्रेमी तथा समाजसेवी पाैडेल अध्यक्षमा निर्वाचित भएपछि अभिभावकहरू खुसी भएका छन् । साविक किमडाँडामा पञ्चाय काल देखि नै पटक-पटक जनप्रतिनिधि हुनु भएका पाैडेल गाविस उपाध्यक्ष हुँदै अध्यक्ष बन्नु भएकाे थियाे । पाैडेल गाविस अध्यक्ष भएपछि किमडाँडाकाे विकासले फडकाे मारेकाे थियाे । यस अघि पनि विद्यालयकाे अध्यक्ष बन्नु भएका उहाँले विद्यालयकाे नाममा अाफ्ना बुवा स्वर्गीय कृष्ण प्रसाद पाैडेलकाे नाम राखि जनता कृष्ण मावि बनाउनु भएकाे थियाे । विद्यालयका पूर्व शिक्षक समेत रहनुभएका अध्यक्ष पाैडेलले विद्यालयकाे शैक्षिक गुणस्तर र समग्र विकासका लागि अाफूले कुनै कसुर बाँकी नराख्ने बताउनुभयाे । उहाँले नमूना विद्यालयलाई वास्तविक नमूना विद्यालयकाे रूपमा रूपान्तरण गर्नका लागि शिक्षक अभिभावककाे सहयाेग अपरिहार्य रहेकाले सबैबाट सक्दाे सहयाेग पाउनेमा अाफू अाशावादी रहेकाे बताउनुभयाे ।
विद्यालय व्यवस्थापन समितिकाे सदस्यहरूमा वडा अध्यक्ष ईश्वरी प्रसाद भुसाल, हरि प्रसाद भुसाल,जानका वञ्जाडे, कमला खत्री, ज्ञानेन्द्र थापा, सरस्वती भुसाल र सदस्य सचिवमा प्रधानध्यापक नारायण पाैडेल रहनु भएकाे छ । शिक्षक प्रतिनिधिकाे टुङ्गो लाग्न बाँकी छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार