
सुर्य भुसाल
कार्तिक ७ सुपादेउराली अनलाइन अर्घाखाँची । निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष तथा बरिष्ठ निर्माण व्यवसायी ऋषिराम अधिकारिले दशै तिहार छट पर्व राम्रो सग सुरक्षित तबरले मनाउन अाग्रह गर्दै काम गुणस्तरीय भरपर्दो बलियो गर्नु निर्माण व्यवसायीको दायित्व भएको बताउनु भएको छ । बिजया दशमी तथा शुभ दिपाबलि छड पर्व 2077 को उपलक्ष्यमा देशबासि जिल्ला बासि प्रवासि हरुलाई शुभकामना ब्यक्त गर्दै अध्यक्ष अधिकारिले काम गुणस्तरीय गर्दा पनि कसै बाट दुखदिने नियतले निर्माण व्यवसायीहरु लाई कुनै समस्या पारेमा व्यवसायी को हक अधिकार प्राप्तिका लागि गठन भएको व्यवसायी हरुको साझा सस्था निर्माण व्यवसायी संघले डटेर मुकाबिला गर्न सक्ने यी माहान पर्वले प्रेणादिने बताउनु भयो । अध्यक्ष अधिकारिले निर्माण व्यवसायीलाइ राज्यले हेर्ने दृस्ठिकोण बदल्नु पर्ने बताउदै राज्यको सबैभन्दा बढि कर राजस्व तिर्ने निर्माण ब्यबसाहिले करोडौ रुपैयाँ घाटा लागेपनि गुणस्तरीय काम गरेर राज्यलाई बुझाउनु पर्ने तर राज्यबाट डन्ड जरिवाना बाहेक पुरस्कृत गर्ने काम नगरेको भन्दै देखेसो गर्नु भयो ।
अधिकारी ले कतिपय स्थानिय सरकारले जिल्ला दररेट भन्दा पनि कम दर रेट राखेर व्यवसायी हरु सग कुनै समन्वय नगरि टेन्डर निकाल्ने गर्दा व्यवसायी मर्कामा पर्ने गरेको बताउदै जिल्ला दररेट भन्दा तल गएर टेन्डर निकाल्ने कार्यलयको टेन्डर हाल्न व्यवसायी बाध्य नहुने बताउदै त्यस्ता काम निर्माण व्यवसायीले बहिस्कार गर्ने बताउनु भयो ।
व्यवसायी हरुको अधिकार प्राप्तिका लागि सबै ब्यबसाहि एकजुट हुनु पर्ने बताउदै अधिकारिले अनावश्यक दुख दिने जो कोहिलाई पनि निर्माण व्यवसायीले नछोड्ने बताउदै गुणस्तरीय काम गर्न बाट व्यवसायी चुक्न नहुने बताउनु भयो ।अधिकारिले बिश्वब्यापी फैलिएको कोरोना रोग बाट बच्नका लागि सुरक्षित तरिकाले जोगिएर भिडभाड नगरि दशै तिहार मनाउन अाग्रह गर्दै शबैमा शुभकामना दिनु भएको छ ।