
कार्तिक ९ अर्घाखाँची । राष्टिय जनमोर्चाका युवा नेता तथा अर्घाखाँची जिल्लाका निर्माण व्यवसायी कविराम खनालमा कोरोना पुष्टी भएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. २ घर भई सन्धिखर्कमा व्यवसाय गर्दै आउनुभएका खनालमा यही कार्तिक ८ गते कोरोना पुष्टी भएको हो ।
लक्षण मिल्नेगरी सामान्य स्वास्थ्य समस्या देखिएपछि नेशनल प्याथ ल्याव बुटवलमा गरिएको कोरोना परिक्षणमा पोजेटिभ नतिजा आएको खनालले सामाजिक सन्जाल फेसवुक मार्फत जानकारी दिनुभएको छ ।
गत स्थानीय निर्वाचनमा जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा उपविजेता बनेका खनाल जिल्लाका चर्चित निर्माण व्यवसायी समेत रहेका छन् ।
-पहिलो अपडेट