
पुरन पोख्रेल
झनक्क रिस उठेर आउँछ! स्क्रोल गरेर फेसबुक, ट्विटर हेरेयो बिदेशबाट घर आउन नपाएका बिदेशी दाजुभाइ दिदिबहिनी हरुले मन बुझाएर गरेका दशैंका शुभकामना देशको र परिवारको चिन्ता आइरहेका छ्न , देश भित्र भएर पनि अर्कोतिर घर गाउँ जान नपाएका ,गाउँमा बुवा आमा मान्यजन हरुको टीका थाप्न जान नपाएर शहरमा भाडामा दशै कटाउदै गरेका हरुको शुभकामना आइरहेका हुन्छ्न।
कोरोनाको कहरमा घरमा र आईसोलेसनमा बिरामी राखेर बसेका परिवारको पीडा अर्कोतिर छ। …तर टाउँको दुख्ने गरि जनताको कर माथी ,बिदेशी दाजुभाइ हरुले रगत पसिना संग साटेको पैसा माथी ,किसानहरुले धर्तीमाथी चुहाएको पसिना,मजदुर ,ब्यापारी लगाए आम जनताको श्रमले अर्जेको राज्यको सम्पत्ति माथी ३६५ दिन दशैं मनाईरहेका हरुके ब्याक्ती अनुसार आदेश सहितका शुभकामना ब्याक्त गरिरहेको देख्दा रगत नउम्लने कमै होलान् ! जनतालाई एसो गर ,उसो गर त्यसो गर भन्ने शोषक लुटेरा हरुले के आधारमा भनिरहेका छ्न!केही प्रश्न हरु यसरी जन्मिएका छ्न।
के जनताले दशैं मनाउन बजारमा कुनै सुबिधा छुट, राहत घोषणा गरेका छ्न? के गरिब श्रमजीवी बर्गको चुलोमा आगो बाल्न बच्चा बच्चीलाई एकसरो नयाँ लुगा हाल्न ,१ गाँस भात खुवाउन राहत पठाएका छ्न?भत्ता बाढेका छ्न? बिरामी असाहय हरुको उपचार गरेका छ्न? जनता मार्न आफुहरुले दशैं भत्ता बाढेर रजाई गर्ने ,जनतालाई उपचार आफै गर भन्दै आदेश जारी गरेर पुगेन? के चाहिँ देख्न बाकीँ छ र अझै शासक हरुले फर्मान जारी गरेर बस्छौं ? कि चित्तबुझेन कि तिमीहरू मन दुख्यो जेनतेन सरसापट गरेर,धनिले खसी काटदा गरिबले १ केजि मासु किनेर,१ सरो फुटपाथमा किनेको लुगा अबोध बच्चाहरूलाई फेरिदिएको,बाध्यता बस १ दिन आज त दशैं हो भनेर श्रमिकहरु मालिकको शोषण बाट मुक्त भएर बसेको,बाहिर हाँसेर भित्र पिडै पिडामा रिन धन गर्दै १ जनाको कमाईले धानिएका मध्यम बर्गका परिवारका पिडा ,धमिरा र माकुरो लागेका घर सकि नसकी बिदेशी हरुलाई सम्झिदै आमा दिदी बैनिहरुले सिगाँरेको देख्न सकेनौं है हुनत तिमिहरुको बिरासत पनि त्यही थियो तर खै कसरी सजिलै बिर्सिएर अपराधी जस्तै बन्यौँ !हुनत…
तिम्रा छोराछोरी अमेरिका,अस्ट्रेलिया छ्न खाडिमा होइन,तिम्रो परिवार सपिङ महल जान्छ फुटपाथ होइन,तिम्रा निजि चिकित्सक छ्न सि,एम ,ए होइनन,तिमिलाई बिदेशी रक्सी पाहुर आउँछ लोकल ठररा होइन!तिमिलाई दलाली गरेबापत डलर बक्सिस आउँछ हातमा डेला दिमागमा पिर चिन्ता लिनु पर्दैन त्यसैले के थाहा हुन्थेयो जनताको पीडा!!के थाहा!! जब निलर्ज भएपछि कसको के लाग्दो रहेछ सारा दुनियाँ तिम्रो निर्लज पनले वाक्क छ थुकिरहेको छ तर तिम्रो अन्धोपनले दुख, पिडा,गरिबी, अभाब ,रोग ,शोक र भोक का बिचबाट १ दिन खुसी हुन लागेका हरुलाई फर्मान ,आदेश जारी गरिरहेका छौ त्यो तिम्रो शुभकामना होइन जनता माथिको मजाक हो।
त्यसैले देशका सबैखाले शोषक ,दलाल,लुटेरा हरुबाट जारी भएका शुभकामना सहित हामिलाई ( जनतालाई ) जारी गरिएका आदेशहरु कुल्चिदै च्यात्दै १ दिन हामी जो जहाँ रहेपनी सामाजिक संजालबाट , फोनबाट ,म्यासेज बाट , प्रत्येक भेटघाट परिवार आफन्तजनसंग,सम्पुर्ण समुदाय संग दुख सुख साटदै हाम्रो स्वास्थको हामी आफैले ख्याल गर्दै एकले अर्कालाई सहयोग ,प्रेम र सद्भाव सहित बिन्दास, धुमधाम ,उधुम र शासकहरु जनता खुसी भएको पिडामा छट्पटाउने गरि दशैं साटदै,खुसी साटदै अर्को बर्ष सहज र सरल हुने अपेक्षा सहित सबै देश बिदेशमा रहनुहुने सबै सबै नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हिन्दु हरुको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना !!
लेखक अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष हुन्।