अर्घाखाँचीमा नेकपा, कांग्रेस, राष्ट्रिय जनमोर्चाको चाडपर्वका अवसरमा चियापन नहुने

कार्तिक १२ अर्घाखाँची ।  अर्घाखाँची जिल्लामा सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चाले  बडादशैं,  तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएका छन् ।

कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जिल्लामा सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चाले जानकारी दिएका छन्।

उनिहरुले ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार