
माधव खनाल
१३ कार्तिक सुपादेउराली अनलाइन अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघकि महासचिव सकुन्तला रानाले युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकेमा देशले मुहार फेर्ने बताउनु भएको छ बिहिवार राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ भुमिकास्थान नगरपालिकाको दोस्रो नगर भेलालाई सम्बोधन गर्दै रानाले सो कुरा बताउनुभएको थियोे साथै रानाले वर्तमान सरकारले बलात्कारिलाइ कार्वाही गर्नुको साटो संरक्षण गरेर राखेको आरोप समेत लगाउनु भयो ।
यस्तै नगर भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले वर्तमान सरकारले कम्युनिस्टको खिल्ली उडाएको आरोप लगाउनुभयो थप प्रसङ्गमा थापाले निर्वाचनको वेला जनतालाई झुठो आश्वासन दिइ ऎले आएर ती जनतामथी कुठाराघात गरेको आरोप लगाउनु भयो।
त्यस्तै भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य सागर केसिले युवा भनेका देशको मेरुदण्ड हुन युवाहरूको जोस र जागरले गर्दा देशमा हालसम्म भएका आन्दोलनले सार्थकता पाएको बताउनुभयो ।
भेलालाई राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला सचिव बाबुराम सुनार अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य कुलराज खनाल जनप्रतिनिधिको तर्फबाट भुमिकास्थान नगरपालिका वडा न पाँचका अध्यक्ष तुल्सिराम वेल्बासे अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुकका)लेखनाथ बन्जाडे अखिल (छैठौं)का नेता टेकराज भुसाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
भेलामा युएई नेपाली एकता समाजका प्रतिनिधि अजय केसि अखिल नेपाल बुद्धिजिवि संघका थम्मन के सि अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचिव रामप्रसाद खनाल भुमिकास्थान नगरपालिका वडा न एकका अध्यक्ष भोजराज खनाल लगायतको उपस्थिती रहेको थियो कार्यक्रम सुरेश आचार्यको स्वागत राजु सुनारको अध्यक्षता र माधव खनालको संचालनमा सम्पन्न भएको थियो । ।