कालिका मन्दिरलाई पुजापाठका लागि १ बर्ष लाग्ने खर्च काङ्ग्रेस नेता तथा युवा ब्यबसाहि यम पान्डेले ब्यहोर्ने घोषणा

सुर्य भुसाल
कार्तिक १७ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्ला को छत्रदेव गाउपालिका वार्ड नम्बर ४ निबासि युवा ब्यबसाहि तथा नेपाली काङ्ग्रेस का नेता यम पान्डेले छत्रदेव गाउपालिका वार्ड नम्बर ४ स्थित कालिका मन्दिरलाई १ बर्ष सम्म लाग्ने दैनिक पुजा तथा मन्दिर सन्चालनका लागि अार्थिक रकम सहयोग गर्ने हुनु भएको छ । युवा नेता पान्डेले मन्दिर सन्चालक समिति का अध्यक्ष तथा पदाधिकारी हरु सग समन्वय गरि मन्दिरका लागि १ लाख ३५ हजार खर्च हुने र सो रकम अाफुले मन्दिर ब्यबस्थापन समितिलाई हस्तान्तरण गर्ने पान्डेले जानकारी दिनु भयो । काठमाडौं को सुकेधारामा प्रशम्सा ईन्टरप्राईजेज सन्चालन गर्दै अाउनु भएका पान्डे विभिन्न सामाजिक क्षेत्रमा अाबद्द हुनुको साथै विभिन्न सघ सस्थाहरु लाई सहयोग गर्दै अाउनु भएको छ उहाँ नेपाली काङ्ग्रेस का युवा क्रियासिल नेता समेत हुनुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार