भुमिकास्थान, काफ्लेका युवाहरुको उदाहरणिय सक्रियता,विपन्न परिवारलाई गरे अार्थिक सहयोग

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न. ९ साबिक ढिकुरा काफ्ले देबिखन्न निवासी स्थानिय मृतक हुमलाल भारती को परिवारलाई वैदेशिक रोजगारमा गएका युवाहरूले चालीस हजार सातसय एक्काइस (४०,७२१) तीन दिन भित्र संकलन गरि आर्थिक सयोग गरेका छन ।

काफ्लेका युवाहरुमा देखिएको सक्रियताले अर्घाखाँचीबासीको एकता अझैसम्म पनि जीवितै छ उदाहरण पेश गरेका छन । कोरोना भाइरसको माहामारीले तहस नहस भएको बेला खान जुटाउन काजकिरिया गर्न समेत गार्‍हो परिरहेको परिवारलाई उक्त रकम तीन दिन भित्र वैदेशिक रोजगारीमा खटिएका काफ्लेका युवाहरुले सहयोग रकम संकलन गरी हस्तान्तरण गरेका छन ।

आर्थिक अवस्था कम्जोर भएपछि दुई पटक जन्डिस भएर उपचार पाउन नसकी ५२ वर्ष को उमेरमा हुमलाल भारतीको निधन भएको स्थानिय अभियन्ता छविलाल गिरीले बताए । तीन दिन भित्र आर्थिक संकलन गरिएपछि एकता साँच्चै नै एक नमुना बनेको छ ।

स्वर्गीय हुमलाल भारतीका श्रीमती , दुई छोरा एक छोरी छन । छोराछोरी लाई पढाइ लेखाइमा समेत समस्या परिरहेको पारिवारिक श्रोतले बताएको छ ।

वैदेशिक रोजगारीमा खटिएका काफ्लेली युवाहरु र स्थानिय बुद्धिजीवी द्वारा सहयोग गरिएको थियो। छवि लाल गिरि (मलेशिया) बाट २१००/- , राजु शारु (भारत ) ११००/- , क्रमश अनिल सारु मगर (अफ्रिका ) १०००/- ,लक्ष्मण रेस्मी (कतार )१००५/-, प्रकाश पोखरेल (कोरिया ) १५००/- , बल बहादुर रेस्मी (साउदी ) १२००/- , गिर बहादुर सारु (भारत ) १०१०/- , टोप बहादुर सारु (कुबेत ) १०००/- , कृष्ण प्रसाद भारती (कुबेत ) १०००/- , घन्श्याम सारु (दुबई ) १०००/- , टानबहादुर सारु (सुमन) साउदि ११११/- ,केशब सारु (मलेसिया) १०१०/- , तुलशा भारती (भारती परिवार ) ५०००/- , नबराज भारती (मलेसिया) १०५०/- , डासिराम दर्लामी स्थानिय प्र:अ १०५५/- ,लोकमनी भारती( साउदी ) २१००/- ,यज्ञ भारती (भारत) १०५५/, धर्मराज भारती (साउदी ) १००५/- , सारदा सारु (अस्ट्रेलिया) १०२०/- , इन्द्र बहादुर सारु (दुबई ) १००५/- प्रेम भारती (बहराइन) ११००/-, कृष्ण भारती (साउदी) २१५०/- , धन बहादुर सारु (साउदि ) १०५५/- कुलबहादुर सारु स्थानिय ५०५/- , कमला सारु (कुबेत ) १०१०/-, सन्तोष पालुङ्गे मगर ( साउदी ) १०००/- , ज्ञान बहादुर सारु (साउदी ) १०२५/- , हुमाकान्त पौडेल स्थानिय वडा सदस्य १०५०/-, जेदुलाल भारती (भारत)१५००/-, धनिस्वोर भारती (भारत )बाट १५००/- , त्येसै गरि हुमलाल भारती (भारत )बाट १५००/- जम्मा चालीस हजार सातसय एक्काइस (४०,७२१/- ) जम्मा भएको थियो ।

वैदेशिक रोजगारीमा मलेसियामा रहेका छवि लाल गिरी, भारतबाट राजु सारु मगर र श्री देउराली प्रा.वि.का प्रधानाध्यापक डाँसिराम दर्लामी ,राजेश बन्जाडे, बलिराम गिरिको सक्रियतामा उक्त आर्थिक रकम संकलन गरी पिडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार