सुमन भण्डारी (संसार)
जन्म मृत्यु बिवाहमा
गरिने संस्कारमा
केही फरक नभए पछि
भाे कामरेड नभनाै भाे
गैर कामरेड भन्दा
कुनै फरक नभए पछि
भाे मलाई
कमरेड नभनाै भाे
छाेरिकाे बिवाहमा आगन पाेल्नै पर्ने
जल खानै पर्ने
सकि नसकि गहना कपडा देखाउनै पर्ने
तल्ला घरे काहिली कि छाेरीकाे बिहे र
मेराे बहिनीकाे बिहे उस्तै भए पछि
भाे मलाई
कमरेड नभनाै भाे
…
पाेहर साल आमा बितिन्
पिडाकाे बेला कपाल खाैरि नै पर्याे
एक सराे सेताे ध्वजाे लगाएर
पण्डितकाे पछि दाैडनै पर्याे
आमालाई तार्न गाई दान गरे
आमाकाे सुखकाे निम्ति सेज्जे दान गरे
गाेरे दाईले आमा बित्दा जसाे गरे
मैले पनि त्यसै गरे पछि
भाे अब मलाई
कमरेड नभनाै भाे
…
छ महिना अघि मेराे सुन्दर छाेराे जन्म्याे
छैटी गर्नै पर्याे , न्वारन नगरि भएन
पातले माईलाकाे छाेरो जस्तै
मेराे छाेराे जन्मदा भए पछि
भाे अब मलाई
कामरेड नभनाै भाे
दुनियाँका अगाडि सति सावित्री भए पनि
भष्ट्रचार गर्न नसके र हाे
सम्पत्ति थुपारुँ थुपारुँ जस्ताे लाग्छ
ओंलाे बङ्ग्याउने ठाउँ पाए
कहिल्यै बाँकि छाेडेकाे छैन
भाे अब मलाई
कमरेड नभनाै भाे
…
एनजीओ आईएनजीओ प्रिए बने
प्रियसिकाे घाटिमा लकेट झुन्ड्याउनै पर्याे
अरु भन्दा केही कम छैन भनी
सार्वजनिक गरिरहन पर्याे
ईश्वरकाे नाममा घण्टी बजाएर
साधनहरु पुज्नै पर्याे
दुइचार पैषा कमाउन
दलालि पेशा अङ्गाल्नै पर्याे
मेन पावर खोलेर
युवाहरुलाई बिदेश पठाउनै पर्याे
निजि शैक्षिक संस्था र अस्पताल खाेल्नै पर्याे
गैर क्रान्तिकारी र मेराे व्यहार उस्तै भए पछि
घर्ती कान्छा संग मेराे व्यवहार मिले पछि
भाे अब मलाई
कमरेड नभनाै भाे
…
ससुरालि जादा खसी डाेर्याए पछि
कुल पुजामा कालो बाेकाे चढाए पछि
जहाँ गयाे उतै प्रेम पलाए पछि
जातभातका तुच्छ कुरा हृदयबाट निष्किएपछि
कुसंस्कारमा जकडिएकाे
बाहुन माइलाे र म मा कुनै अन्तर नभेटेपछि
भाे अब मलाई
कामरेड नभनाै भाे
…
ठुलाे अर्थ बाेकेकाे कमरेड शब्द
धेरै भावहरु बाेकेकाे कमरेड शब्द
म जस्तालाई उपयाेग गर्दा
शब्द माथि अपमान भएकाे छ
शब्दको ओझमा प्रहार भएकाे छ
याे शब्दकाे इज्जतकाे लागि भए पनि
भाे अब मलाई
कामरेड नभनाै भाे