
कार्तिक १९, सुपादेउराली अनलाइन। कारागारमा दैनिकि बिताईरहेका कैदिहरुले सिकाईका अवसर पाए कारागार बाट निस्किएपछि आफु र समाजमा सकारात्मक वृक्षरोपण गर्न सक्ने भन्दै कारागारमा सिक्ने अवसर सिर्जना गर्न कपिलवस्तुका सामाजिक अभियानता दिवस राज पौडेल, गौरव पौडेल, हरि खनाल, आरती अर्याल, सुनिता बेलबासे र असिम भट्टराईले कारागार पुस्तकालय अभियान सन्चालन गरिरहेका छन जस अन्तरगत कपिलवस्तु जिल्ला बाट सुरु गरेको यो अभियान ‘केन्द्रीय कारागार डिल्लीबजारबाट अनुमति लिएर देशभर रहेका कारागारमा क्रमशः पुस्तक सहयोग गर्दै जाने योजना बनाएको अभियानता दिवश राज पौडेलले सुपादेउराली अनलाइनलाई जानकारी दिनुभयाे।
अभियानता पाैडेलले संघ सस्था र व्यक्तिगत रुपमा पुस्तक सहयोगका लागि 9863929262 मा सम्पर्क गर्नका लागि अपिल समेत गरेका छन।