राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना पोजिटिभ

कार्तिक २६, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केही दिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

उहाँको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको केसीकी छोरी रितु केसीले जानकारी दिनुभयो ।

केसी करिब एक महिनादेखि भैरहवामा हुनुहुन्थ्यो । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उहाँको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।

मंगलबार बुटवलबाट काठमाडौं आउनुभएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार