
सुर्य भुसाल
कार्तिक २८, सुपादेउराली अनलाइन अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका युवा नेता तथा सफल युवा व्याबसायी कबिराम खनालले कोरोना रोग जितेर नियमित जन्ताको सेवामा फर्किएका छन । अर्घाखाँची मा सामाजिक क्षेत्रमा निकै प्रिय ब्यक्ति कबिराम खनाल झन्डै २५ दिनको अाईसुलेसन बसाई पछि कोरोना रोगलाई प्रास्त गरि अाफ्नो नियमित काममा फर्किएको कुरा सामाजिक सन्जालमा भाईरल बनेको छ खनाल गत स्थानिय चुनाबमा भुमिका स्थान नगरपालिका मा तत्कालीन माअोबादि काङ्ग्रेस का उमेदवार बाट थोरैमतले पराजित उमेदवार हुन भने अर्घाखाँची का धेरै युवा हरुले मन पराएका नेता हुन । भुमिका स्थान नगरपालिका नेकपा को गड क्षेत्रमा सबैभन्दा लोकप्रिय मत ल्याई गठबन्धन लाई समेत चुनौती दिएका खनाल कोरोना रोग लागेपछि अाफुलाई निकै समस्या पारेको बताउनु हुन्छ दुखि पिडितलाई सहयोग गर्ने खनाल निकै सरल ईमानदार जनप्रिय नेता भएको कारण जन्ताको मन जित्न सफल भएका हुन ।