कपिलवस्तुका कैदिबन्दीहरुलाई पुस्तकालय स्थापना, चियागफको योजनाले लियो मुर्त रुप

दिवस राज पौडेल
कात्तिक ३०, सुपादेउराली अनलाइन कपिलवस्तु।
कपिलवस्तु जिल्लाका केही सामाजिक क्षेत्रमा समेत क्रियाशिल युवाहरुको चियागफबाट बनेको योजनाले मुर्त रुप लिएको छ ।
जिल्लाका केही युवाहरुको योजना अनुसार देशभरका जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई कारागारमै सकारात्मक सोचको विकास गराउने उद्धेश्यले उनीहरुलाई पुस्तकालय स्थापना गर्ने सोच युवा अभियान्ताहरुको थियो ।   सोही अनुसार आज कपिलवस्तुको जिल्ला कारागारमा १५० बढी पठनयोग्य पुस्तकहरु सहित कारागार पुस्तकालय स्थापना गरिएको अभियान्ता दिवशराज पौडेलले जानकारी दिनुभएको छ ।
कारागारमै पुस्तकालय भन्ने अभियानका साथ पुस्तक संकलनमा लागेका युवा अभियान्ताहरुले कपिलवस्तु मात्रै नभई देशभरका ७७ वटै जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाइै कारागारमै पुस्तकालय निर्माण गरिदिने योजनामा रहेको बताएका छन् ।
जिल्ला कारागार कपिलवस्तुमा पुस्तकालय स्थापना गर्दै प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कपिलवस्तुका युवाहरुको सोचलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासनबाट यी र यस्ता याजनाहरुमा सधै युवाहरुलाई सहयोगी भुमिका रहने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नेपाली सेनाका मेजर ईश्वरी पाण्डे, जेलर राकेश पाण्डे, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक हरि खनालको अध्यक्षता सँगै अभियान्ता दिवशराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला कारागार कपिलवस्तुको सहयोगमा स्थापना गरिको पुस्तकालयमा अब कैदीबन्दीहरुले आफ्नो सकारात्मक सोचको विकास र असल जीवनयापनका लागि राखिएका पुस्तकहरुबाट ज्ञान हासिल गर्नेछन् । विभिन्न जिल्लाका दशवटा सामाजिक संस्थाहरुको समन्वय र सहयोग सहित सुरु गरिएको यो अभियानमा अभियान्ताहरु गौरव पौडेल, आरती अर्याल, सुनिता वेल्वासे र असिम भट्टराईले केही महिना अघि चिया गफमा यो याजना बनाएको बताएका छन् । अभियानको दोस्रो पुस्तकालय स्थापना अब अर्घाखाँची जिल्लाको कारागारमा गर्ने योजना बनेको पनि अभिन्ता दिवस पौडेलले जानकारी दिनुभएको छ । यो अभियानलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने पनि उनीहरुको योजना रहेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार