मसाल सहितका ९ राजनीतिक दलको आयोजनामा ७ गते बुटवलमा बिराेध सभा हुने

मङ्सिर ५ सुपादेउराली अनलाइन बुटवल । नेकपा (मसाल) सहितका ९ राजनीतिक दलको आयोजनामा मङ्सिर ७ गते बुटवलको ट्राफिक चाेकमा बिराेध सभा हुने भएको छ।

लामो समय देखि सरकारका राष्ट्रघाती र जनघाती कार्यको बिरोध गर्दै जनताको पक्षमा संघर्षरत २२ राजनीतिक संगठन मध्य रुपन्देहीमा क्रियाशील ९ राजनीतिक दलले अमेरिकी संस्था एमसिसि संग विभिन्न समयमा नेपालका विभिन्न सरकारले गरेका राष्ट्रघाती सम्झौताकाे खारेजी, भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता, महेशपुर लगायतका भूभागमाथि नेपालकै स्वामित्व कायम गर्ने, कोभिड १९ को रोकथाम, नियन्त्रण र निशुल्क उपचार, कांभिड १९ सम्बन्धमा सरकारले गरेको खर्च को पूर्ण विवरण सार्वजनिक गर्नु पर्ने, बेरोजगार र विपन्न वर्गलाई
खाना लगायतका न्युनत्तम सुविधा, रोजगारीको व्यवस्था, निशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्या,
किसानहरुलाई समयमा मल बिउ उपलब्धता सुनिस्चितता गर्ने, उखु किसानको बक्यौता रकम तुरुन्तै
उपलब्ध गराउने लगायतका बिषयमा सरकारको ध्यानाकर्षण गर्नका लागि बिराेध सभा आयोजना गरेको राष्ट्रिय जनमाेर्चा रुपन्देहीका सचिव टान बहादुर केसी जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार