कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल २४ दिनपछि फेला परे

मङ्सिर १० बुटवल । कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ राहुल २४ दिनपछि फेला परेका छन् । कपिलवस्तु नगरपालिका–३ घर भएका `फुच्चे टुरिष्ट गाइड´ राहुल साहनी गत कात्तिक १७ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

विद्यालय हिँडेका साहनी खुनुवा हुँदै राति ११ बजे भारतको बढनी पुगे । बढनीबाट गोरखपुर जाने बसको छतमा साइकल राखेर १८ गते बिहान ११ बजे गोरखपुर ओर्ले । गोरखपुरबाट बरालगञ्ज जाने बस चढेर अपराह्न साढे ३ बजे उनी बेलिपार्कमा आमाको काकाकी छोरी मीरा साहनीका घरमा पुगे । दिदीका घरमा झण्डै २० दिन बसेपछि आमाबुबाको मायाले सताएकाले आफू फर्किएको साहनीले बताए ।

जम्मा तीन सय भारतीय रुपियाँ आफूसँग रहेकाले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको साहनीले बताए । बन्दाबन्दीपछि विद्यालय हप्तामा दुई दिन मात्र सञ्चालन हुने गरेको तर घरबाट सधैँ पढ्न जान दबाब दिने गरिएकाले आफू भागेको प्रहरीसमक्ष उनले बताए ।

विदेशका सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ वर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार