बुटवलको कालिकानगरमा कार दुर्घटना, २ जना घाइते

मङ्सिर १० बुटवल । रुपन्देहीको बुटवल कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

राजमार्ग चौराहा नजिकै रहेको कालिका मानव ज्ञान मावि अगाडी सो कार दुर्घटना हुँदा कार कच्याककुचुक भएको छ । घाइते २ जनाकै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ।

घाइते हुनेहरुमा देवदह नगरपालिका वडा न २ का २९ बर्षीय बिपिन ज्ञवाली र देवदह १० का २१ बर्षीय सुजन सुनार रहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ  ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार