दुर्घटनाको दोस्रो दिनमा पनि फेला परिनन् जेनिसा

मङ्सिर १२ काठमाडौं । दुर्घटनामा परी त्रिशुली नदीमा हराइरहेकी अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्दराज रोकायकी छोरी जेनिसाको दुर्घटना भएको दोस्रो दिनमा समेत पत्ता लाग्न सकेको छैन । जेनिसाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको दिन (बिहीबार) सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरेको थियो । आजपनि दिनभर नेपाल प्रहरीको टोलीले खोजी गरेको तर बालिकालाई भेट्टाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डएिसपी सूर्यबहादुर थापाले युगदर्शनलाई जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले यसअघि बिहीबार नै जिप चालक सूर्य केसी र जमुना रोकाको शव घटनास्थलबाट निकालेको थियो । जमुनाको आज बिहान दाङको भालुबाङस्थित राप्ति नदीमा अन्तयेष्टि गरिएको छ भने केसीको शव प्युठान पठाइएको छ ।

अहिले हराइरहेकी बालिकाको उपचारको लागि अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार बुधबार राति प्युठानबाट काठमाडौं आउँदै थियो । उहाँहरु चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खसेको हो ।

उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

#युगदर्शन

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार