संघीय संरचनाको अनावश्यक खर्च काटेर कोरोनाको उपचार र विकासमा लगाऔं: किसान महासंघका उपाध्यक्ष केसी

टेकराज भुसाल
मङ्सिर १४ बुटवल । अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसीले संघीयतामा धान्न अनावश्यक खर्च गर्नुपर्दा कोरोना भाइरसको उपचार हुन नसकेको आरोप लगाउनु भएको छ ।

संघिय संरचनामा भएको अनावश्यक खर्च काेराेना उपचार तथा राहत र पुनरउत्थानमा लगाउ भन्दै राष्ट्रिय जनमाेर्चा रुपन्देहीले बुटवलमा आयोजना गरेकाे बिराेध सभालाई सम्बाेधन गर्दै केसीले प्रदेश सरकारका मन्त्री, सांसद र कर्मचारीहरुकाे तलब भत्तामा मात्रै करोडौं करोड रकम खर्च हुने र त्याे रकम जाेगाउन संघियताकाे खारेज गर्नुपर्ने र उक्त रकम काेराेना उपचार तथा राहत र पुनरउत्थान तथा अन्य बिकास निर्माणका काममा लगाउन सरकारलाई अनुराेध गरेका छन्। 

प्रदेश भित्र हुने हत्याहिंसा, बलात्कार, चाेरी लगायतका अन्य अपराधहरु दिन प्रतिदिन बढिरहेको र ती अपराध गर्ने अपराधीलाई कार्वाही गर्नुका ठाउँमा प्रदेश सरकार कानमा तेल हालेर बसेकाे र प्रदेश भित्रका जनताका दुख पीडा नबुझी प्रदेशका मन्त्री, सांसदहरू आफू र आफ्ना नजिकका मान्छेहरुका गरि खाने भाडाे प्रदेश सरकारलाई बनाएको भन्दै प्रदेश सरकारको कुनै काम नरहेकाे हुदा यसको खारेजीकाे विकल्प समेत नरहेको -उनले भने ।

 त्यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले संघियता भारतिय तथा युरोपेली साम्राज्यवादहरुले नेपालमा आफ्नो प्रवृत्त जमाउनका निम्ति संघियता प्रवेश गराएको आराेप लगाउदै संघियता खारेजीका लागि सम्पूर्ण जनताहरु एकजुट हुनुपर्ने बताउनु भयाे।

  कार्यक्रममा राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेशका काेषाध्यक्ष गणेश गाैतम, अखिल नेपाल महिला संघ रुपन्देहीकि काेषाध्यक्ष लक्ष्मी कुवर ,  अखिल (छैठौं ) रुपन्देहीका अध्यक्ष सराेजमान सिंहले प्रदेशका मन्त्री, सांसद र कर्मचारीलाई पाल्दा देशको अर्थतन्त्र ध्वस्त भएकोले बिकास निर्माणका कार्यहरु तिव्र गतिमा हुन नसकेको भन्दै बिकास निर्माणका कार्यलाई तिव्र गति सञ्चालनमा ल्याउनका निम्ति पनि प्रदेश सरकार घाडाे भएकोले यसकाे खारेजीको लागि सम्पूर्ण जनताहरु सडकमा उत्रिनु पर्ने बताउनु भयाे। 

कार्यक्रम राष्ट्रिय जनमाेर्चा रुपन्देहीका उपाध्यक्ष इन्दिरा ज्ञवालीकाे अध्यक्षता, जिल्ला सचिव टान बहादुर केसीको सञ्चालन र जिल्ला काेषाध्यक्ष कृष्णप्रसाद पोख्रेलको स्वागतमा सम्पन्न भएको थियाे।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार