
मङ्सिर १६ प्युठान।
मङ्सिर १६ प्युठान। प्युठानमा र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठान को तीन तले नयाँ भवन निर्माण भएको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सांसद दुर्गा पौडेलले मंगलबार सो भवनको रिबन काटेर उद्घाटन गर्नुभएको छ ।
३२ लाख १० हजार रुपैयाँको लगतमा निर्मित भवन निर्माणका लागि मल्लरानी गाउँपालिकाका भरतकुमार श्रेष्ठले दुई आना जग्गा निशुल्क दिनुभएको थियो ।संघको भवन निर्माणका लागि अध्यक्ष जुमान सिंह के सि को नेतृत्वमा समिति गठन भइ विभिन्न निकाएमा सम्पर्क समन्वय गरि आर्थिक सहयोगको ब्याबस्था गरि निर्माण थालिएको अध्यक्ष के सि ले जानकारी दिनु भयो।२०७२ सालमा सिलान्यस भए पनि अर्थिक स्रोतको अभावमा भबनले पुर्णता पाउन नसकेको हो।संघका अध्यक्ष जुमान सिंह के सि का अनुसार स्थानीय पूर्वाधार विकास कोष माननीय दुर्गा पौडेल बाट रु १० लाख रुपैयाँ,
मल्लरानी गाउँपालिकाले सात लाख २० हजार, तत्कालिन जिल्ला विकास समितिको कार्यालय बाट रु ४ लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ३ लाख,जिल्ला प्राबिधिक कार्यालय बाट रु १लाख ७० हजार,तत्कालीन प्युठान नगरपालिकाले ५० हजार, प्युठानका साविक गाविसहरुबाट चार लाख २० हजार र चन्दा संकलनबाट ४० हजार रुपैयाँ संकलन भएको थियो । यस्तै, राष्ट्रिय अपांग सेवा संघका कर्यसमितीबाटसहयोग रु २५ हजार गरि जम्मा ३१ लाख ७० हजार जुटाएर भबन निर्माण सम्पन्न गरिएको हो। संघमा अन्य स्रोत नभएकोले रु ८० हजार संघ ऋणमा रहेको बताइएको छ ।
संघले २०७१ साल देखि शारीरिक अपाङ्गता भएका बालबालिका लाई आवास गृह मार्फत शिक्षा प्रदान गर्दै आएको छ ।अर्थिक स्रोतको अभावमा गुणस्तरीय सेवा सन्चालनमा कठिनाइ भएकोले सहयोगको लागि अपील समेत गरिएको थियो।उद्घाटन कार्यक्रममा बोल्दै सभासद पौडेलले समाजमा पछाडी परेका र पारिएका बर्गको उत्थान र बिकासका लागि सबै एकजुट हुनु पर्ने बताउनु भयो उहाले सिमित स्रोतलाई अधिकतम रुपमा प्रयोग गरि सामाजिक सेवाको भावना अनुसार काम गरेको देख्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो। साथै उहाले अपाङ्गता भएका ब्यक्तिको विकासको निम्ति आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।