बुटवलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बुटवल । बुटवलको पुष्पलाल पार्क बाट राजमार्ग चौराह तर्फ जाँदै गरेको ना ७ ख १३३९  नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेटअगाडि नै दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रहरीले स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार