तनहुँमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेता पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्ने क्रममा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएपछि नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले सामाजिक सत्तजाल फेसबुकमा लिएका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद तथा झड्प भएपछि तनहुँ प्रहरीले पौडेलसहित तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुल उद्घाटनको विषयलाई लिएर सत्तारुढ नेकपाका कार्यकर्ताले विरोध गरेपछि दमौली बजारमा मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको थियो ।

पौडेलले निषेधाज्ञाको उल्लंघन गर्दै कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार