अर्घाखाँचीको पाणिनीमा राजमोमा प्रवेशको लहर, राजमो र महिला संघको समिति गठन

बसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चामा प्रवेशको लहर चलेको छ । बुधबार भएको राष्ट्रिय जनमोर्चाको प्रशिक्षणका क्रममा २२ जना भन्दाबढी व्यक्तिहरु राजमोमा प्रवेश गरेका हन् ।

नव प्रवेशीहरुलाई राजमोका केन्द्रीय सदस्य झबिलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी लगायत नेताहरुले अबिर लगाएर स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरु १६ वर्षका युवादेखि ९० वर्षका वृद्धसम्म छन् । कार्यक्रममा राष्ट्रिय जनमोर्चा र अखिल नेपाल महिला संघको टोल समितिसमेत गठन भएको छ ।

महिला नेतृ साबित्रा घिमिरेको विशेष उपस्थितिमा गठित महिला संघको ५ सदस्यीय टोल समितिको अध्यक्षमा निमकुमारी घर्ती मगर, सचिवमा भुमा घर्ती मगर तथा सदस्यहरुमा चुरिकला, बिष्णु घर्तीमगर, निर्मला घर्तिमगर रहनुभएको छ ।

त्यस्तै, कृष्ण घर्ति मगरको अध्यक्षतामा गठित राजमो टोल समितिको सचिवमा टिकाराम घर्ति मगर तथा सदस्यहरूमा टान बहादुर रासकोटि, अम्बिका घर्ति मगर र सोमानसिंह रेस्मि रहनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । केहरसिंह घर्तीको अध्यक्षता तथा मिजास सोमरेको  सञ्चालनमा सम्पन्न प्रशिक्षणात्मक कार्यक्रममा राजमो केन्द्रीय सदस्य झबिलाल थापा, राजमो जिल्ला अध्यक्ष थम्मन केसी, सचिव बाबुराम पन्थी, ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसी, अखिल नेपाल महिला संघ नेतृ साबित्रा घिमिरेलगाएतले पार्टीका आगामी रणनीति र समसामयिक बिषय बस्तुको बारेमा प्रक्षिक्षण दिनु भएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार